श्रावण १९, २०८३ मंगलबार August 4, 2026

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल बैठक आज बस्दै

समितिका सभापति चयन मुख्य एजेन्डा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । बैठक मध्यान्ह १२ः१५ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेगरी आह्वान गरिएको हो ।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी का अनुसार बैठकमा संसदीय समितिहरूको सभापति निर्वाचन सम्बन्धी विषय मुख्य रूपमा उठ्नेछ । साथै अन्य समसामयिक तथा विविध राजनीतिक विषयमा समेत छलफल हुने जनाइएको छ ।

संसदीय समितिको नेतृत्व चयनलाई महत्वपूर्ण रूपमा लिँदै रास्वपाले आन्तरिक तयारीलाई तीव्र बनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया