कार्तिक २९, २०८३ आइतबार November 15, 2026

लमजुङका गुरूङ समुदायले धुमधामसँग मनाए ल्होसार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः लमजुङका गुरुङ समुदायले तमु नयाँ वर्षको रुपमा तामझाँमका साथ विविध कार्यक्रम गरि ल्होसार पर्व मनाएका छन् । वर्गचक्र फेरिएसँगै गुरुङ समुदायले नयाँ वर्षको रुपमा तमु ल्होसार मनाउने गर्दछन् ।

गुरुङहरूले तो ल्हो अर्थात बाघ वर्गलाई बिदा गरी हे ल्हो अर्थात बिरालो वर्गलाई स्वागत गर्दै ल्होसार मनाएका छन् । एकसातादेखि नै ल्होसारको रौनक छाएको लमजुङमा शुभकामना आदाप्रदान, चियापान, साँस्कृतिक कार्यक्रमका साथ ल्होसारको स्वागत तथा स्योकै लगायतका कार्यक्रम हुँदै आएका थिए ।

ल्होसारको मुख्य दिन शुक्रवार तमु ह्युला छोँज धि गुरुङ राष्ट्रिय परिषद् बेँसीशहर इकाईले वृहत शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम गरेको थियाे ।

कार्यक्रममा नवनिर्वाचित प्रधिनिधिसभा सदस्य पृथ्वीसुब्बा गुरुङ र प्रदेशसभा सदस्य भेषवहादुर पौडललाई इकाई, टोल समूहले सम्मान गरेका थिए ।  कार्यक्रमका अवसरमा बेँसीशहर इकाई अन्तर्गतका पाँच वटा टोल समूह, तमु प्लु संघ र तमु विद्यार्थी छोँज धिले जातिय भेषभुषासहित नृत्य प्रस्तुत गरेका थिए ।  कार्यक्रममा पाँच वटा टोलको फरकफरक परिकारसहित स्योकै कार्यक्रम समेत भएको थियो ।

सदरमुकाम बेँसीशहरसहित उदिपुर, चिसापानी भुजुङ, घनपोखरा, ताघ्रिङ, घेर्मु, पसगाउँ,  सिउरुङ, ढंगै, राईनास, पाचोक, इलमपोखरी लगायतका गाउँमा विविध कार्यक्रम गरी धुमधामका साथ ल्होसार मनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार