असोज ८, २०८३ बिहिबार September 24, 2026

पछिल्लो २४ घन्टामा ७ सय ९५ परीक्षण, तीनजनामा संक्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । स्वास्थ्य मन्त्रालयले वीरगञ्जस्थित नारायणी क्षेत्रीय अस्पतालमा आइसोलेसनमा राखिएका तीनजना भारतीयमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ। आइतबार भएको स्वास्थ्य मन्त्रालयको फेसबुक लाइभमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले यसबारे जानकारी दिएका हुन्। वर्ष ३७, ५५ र ४४ का पुरुषहरूलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै कोरोना आशंकामा पछिल्लो २४ घन्टामा ७ सय ९५ जनाको नमूना परीक्षण भएको छ। डा.देवकोटाले हालसम्म नेपालमा पिसिआर विधिबाट ५ हजार १ सय ८४ जनाको कोरोना परीक्षण गरेको जानकारी दिएका छन। परीक्षण भएकामध्ये ४ हजार २० जनाको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा र १ हजार १ सय ६४ जनाको उपत्यका बाहिर परीक्षण भएको हो। उनले र्‍यापिड किटबाट ३ हजार ३ सय २१ जनाको परीक्षण गरिएको बताए। यस्तै आज रेड जोनमा १७ जना थपिएसँगै २०६ जना पुगेका छन्।

यस्तै कोरोना आशंकामा पछिल्लो २४ घन्टामा ७ सय ९५ जनाको नमूना परीक्षण भएको छ।

डा.देवकोटाका अनुसार गैर आवसीय नेपालीसंघ समन्वय परीषद दक्षिण कोरियाले करिव ४०० पीसीआर रिएजेन्ट र करिव ५०० पीपीई सहयोग प्रदान गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया