असार २२, २०८२ आइतबार July 6, 2025

चीनमा नयाँ संक्रमितको संख्या पाँच हप्ता यताकै उच्च

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कोरोना भाइरसको महामारी लगभग नियन्त्रणमा आएको चीनमा नयाँ चिन्ता थपिएको छ । केही हप्तादेखि कहिले शून्य तथा कहिले केही संख्यामा नयाँ संक्रमित देखिएको चीनमा आइतबार एकै दिन १०८ जना नयाँ संक्रमित भेटिएका छन् ।

पछिल्लो केही हप्ता यता एक दिन यति धेरै संक्रमित पुष्टि भएको यो पहिलो पटक हो । चीन सरकारले दिने गरेको आधिकारिक तथ्यांक अनुसार आइतबार पुष्टि भएको संक्रमण संख्या पछिल्लो पाँच हप्ता यताकै उच्च हो ।

विदेशमा रहेका चिनियाँहरु स्वदेश फर्किने क्रम बढेकाले संक्रमितको संख्या पनि केही बढी देखिएको चिनियाँ अधिकारीले बताएका छन् ।

आइतबार संक्रमण पुष्टि भएका मध्ये आधा उत्तरी प्रान्त हेलुङ्गजियाङ्गका छन् । सो प्रान्तमा केही चिनियाँहरु रुसबाट प्रवेश गरेका छन् ।

चीनले अन्तर्राष्ट्रिय उडान प्रवेश गर्न तथा अन्तर्राष्ट्रिय यात्री आउन नपाउने गरी कडा नियम लागु भए पनि नयाँ संक्रमण भने रोकिएको छैन ।

कोरोना भाइरसको उत्पति भएको हुबेइ प्रान्तमा नयाँ संक्रमण अति कम छ, तर पनि मानिसहरुको मृत्यु हुने क्रम रोकिएको छैन । हुबेइमा आइतबार थप दुईजनाको मृत्यु भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया