श्रावण २, २०८२ शुक्रबार July 18, 2025

चर्च ब्वाइजको अपराजित यात्रा, मछिन्द्र ३-१ ले पराजित

मछिन्द्रलाई ३–१ गोल अन्तरले हराउँदै चर्च ब्वाइजको अपराजित यात्रा कायमै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चर्च ब्वाइज युनाइटेड पोखरामा जारी आहा रारा पोखरा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । आइतबार पोखरा रंगशालामा भएको प्रतियोगितामा मछिन्द्रलाई ३–१ गोल अन्तरले हराउँदै चर्च ब्वाइजले अपराजित यात्रा कायम राखेको हो ।

पहिलो हाफ २–० को अग्रता लिएको चर्च ब्याइजले दोश्रो हाफमा पुनः १ गोल थप्यो । ए डिभिजन लिग च्याम्पियन मछिन्द्रले दोश्रो हाफमा १ गोल मात्रै फर्काउन सक्यो ।

२३ औं मिनेटमा आशिष चापागाईंले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाए । पहिलो हाफको अतिरिक्त समयमा आशिषले नै दोश्रो गोल गरे । चर्चले ६७ औं मिनेटमा तेश्रो गोल ग¥यो । आशिषको पासलाई सदुपयोग गर्दै आशिष चौधरीले गोल गरे ।

मछिन्द्रले ८९ औं मिनेटमा सान्त्वना गोल फर्काएको हो । मछिन्द्रका लागि सौरव सुब्बाले गोल गरे । खेलमा धेरै अवसर पाएपनि मछिन्द्र गोल गर्नबाट चुक्यो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार