श्रावण २, २०८२ शुक्रबार July 18, 2025

फ्रेन्च लिग वान – मार्चपछि पिएसजीको पहिलो हार

स्टार खेलाडी लियोनल मेसी र नेयमार बिना मैदानमा उत्रिएको पिएसजी फिनिसिङमा चुक्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पेरिस सेन्ट जर्मेन पिएसजी मार्च यता पहिलो पटक पराजित भएको छ । फ्रेन्च लिग वानमा पिएसजी लेन्ससँग आइतबार राति ३–१ ले हार बेहोर्न बाध्य भएको हो ।

स्टार खेलाडी लियोनल मेसी र नेयमार बिना मैदानमा उत्रिएको पिएसजी फिनिसिङमा चुकेको थियो । केलियन एम्बाप्पले पुरा समय खेलेपछि आफूलाई प्रमाणित गर्न सकेनन् ।

दोस्रो स्थानको लेन्स पछिल्लो १७ खेलमा जम्मा एक खेलमा हार बेहोरेको छ । क्रिस्टोफ गाल्टियरको पिएसजी भन्दा लेन्स जम्मा चार अंकले पछि छ । लेन्सको जितमा लुइस ओपेन्डाले एक गोल गरेभने एक गोलको अवसर सृजना गरेका थिए ।

खेलको पाँचौ मिनेटमा फ्राङ्कओस्कीले भलि बललाई गोलमा परिणत गरेका थिए । हुगो इकिटिकेले बराबरी गोल गरे फर्काए । २८औं मिनेटमा रक्षक मार्किन्होसलाई बिट गर्दै ओपेन्डाले २–१ को अग्रता दिलाए । दोस्रो हाफको दोस्रो मिनेटमै एलेक्सिस क्लाउडे मौउरिसले तेस्रो गोल गरेका थिए ।

यस अघि पिएसजी मार्च २० मा मोनाकोसँग ३–० ले पराजित भएको थियो । १० दिनपछि पिएसजीले च्याम्पियन्स लिगमा रियल मड्रिडको सामना गर्दैछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार