असार २२, २०८२ आइतबार July 6, 2025

कोरोनाबाट विश्वभर एक लाख १९ हजार ११३ जनाको मृत्यु,संक्रमितको संख्या १९ लाख १७ हजार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट विश्वभरि मृत्यु हुनेको संख्या झण्डै १ लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार विश्वभर एक लाख १९ हजार ११३ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

यसैगरी संक्रमितको संख्या १९ लाख १७ हजारभन्दा बढी छ । ४३ हजार बढी उपचारपछि निको भएका छन् ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ । अमेरिकाको व्योमिङ राज्यमा पनि कोरोनाबाट पहिलो मृत्यु भएको छ । गभर्नर मार्क गार्डनले त्यसको पुष्टि गरेका छन् ।

अमेरिकामा हालसम्म ५ लाख ७७ हजार व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ भने मृतकको संख्या २३ हजार ६ सय ४० पुगेको छ

यो संख्या इटलीको भन्दा ३ हजार १ सय ७५ ले बढी हो । इटलीमा २० हजार ४ सय ६५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

कोरोनाको केन्द्र अमेरिकाको न्यूयोर्क हो । न्यूयोर्कमा मात्रै १ लाख ९५ हजारभन्दा बढी संक्रमित छन् भने मृतकको संख्या १० हजार बढी छ ।

न्यूयोर्कपछि न्यूजर्सीमा २ हजार ४ सय ४३, मिशिगनमा १ हजार ४ सय ८७, लुसियानामा ८ सय ८४ र म्यासाच्युसेट्समा ७ सय ५६ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ ।

यद्यपि पछिल्लो प्रेस ब्रिफिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रपले स्थिति स्थिर रहेको बताएका छन् । मानिसहरुले सरकारको नीति तथा निर्देशनलाई पालना गरेकाले यस्तो अवस्था आएको उनको भनाइ छ ।

विश्वको महाशक्ति राष्ट्र भनिने अमेरिकालाई समेत कोरोनाले हायलकायल पारेको छ । यद्यपि अमेरिकी सरकारले लकडाउन गरेको छैन । केबल मानिसहरुलाई घर बाहिर ननिस्किन, सामाजिक दुरी कायम गर्न र मास्क लगाउन आग्रह मात्र गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया