मंसिर २५, २०८० सोमबार December 11, 2023

जब कारले ठक्कर दिएकी युवतीलाई एक घन्टासम्म सडकमा घिसार्‍यो…

नयाँ वर्षको दिन एक २० वर्षीया युवतीको विभत्स मृत्युले सिंगो देशलाई बनायो स्तब्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारतको राजधानी दिल्लीमा नयाँ वर्षको दिन एक २० वर्षीया युवतीको विभत्स मृत्युले सिंगो देशलाई स्तब्ध बनाएको छ ।

समाचार रिपोर्टहरूका अनुसार एउटा कार्यालयमा इभेन्ट म्यानेजरको पदमा कार्यरत महिला नयाँ वर्षको दिन कामबाट फर्कंदै गर्दा उनको स्कुटर कारसँग ठोक्किएको थियो । अन्य चार जना यात्रु बोकेको कारका चालकले महिलाको शवलाई तानेर केही माइलसम्म हिँडेको प्रहरीले जनाएको छ ।

कारले धेरै समयसम्म शवलाई घिसारेर लगेको देखाउने कैयौँ सीसीटीभी भिडियोहरु सार्वजनिक भएका छन् । जसका कारण सर्वासाधारण मानिस आक्रोशित बनेका छन् ।

इन्डियन एक्सप्रेस अखबारले रिपोर्ट गरेको छ कि महिलाको शव लगभग एक घण्टासम्म सडकमा तानिएको थियो र त्यो पत्ता लगाउनु अघि साक्षीहरूले प्रहरीलाई कम्तीमा पाँच पटक पुलिसलाई फोन गरेका थिए । यो नयाँ वर्षमा भएको थियो जतिबेला दिल्लीको सडकमा गस्ती गर्न हजारौँ पुलिसकर्मीहरू तैनाथ गरिएको थियो । घटनाले विभिन्न प्रश्नहरू खडा गरेको छ ।

यसैबीच कारमा सवार पाँच जना प्रहरी हिरासतमा छन् र उनीहरूले अहिलेसम्म कुनै बयान दिएका छैनन् । घटनालाई लिएर भारतभर आक्रोश फैलिएको छ ।

भारतमा सडक दुर्घटनाहरू सामान्य छन् । दुर्घटनाले प्रत्येक वर्ष सयौं हजारौं मानिसहरूको ज्यान लिन्छ । तर, यो विशेष गरी डरलाग्दो घटनाले राष्ट्रको ध्यान तानेको छ र व्यापक मिडिया कभरेज गरेको छ। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संघीय संसद सचिवालय महासचिवमा पदमप्रसाद पाण्डेको नाम सिफारिस
२०८० मंसिर २५, सोमबार
एमालेले एकल बहुमत ल्याएर सरकार नबनाएसम्म देश समृद्ध हुँदैन: अध्यक्ष ओली
२०८० मंसिर २५, सोमबार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
२०८० मंसिर २५, सोमबार
दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री दाहाल
२०८० मंसिर २५, सोमबार
काँग्रेस सभापति देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक
२०८० मंसिर २५, सोमबार
आज बालाचतुर्दशी, पशुपतिनाथ लगायतका शिवालयहरुमा भक्तजनको घुइँचो
२०८० मंसिर २५, सोमबार
कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन : उपसभामुख रानामगर
२०८० मंसिर २५, सोमबार