वैशाख १३, २०८१ बिहिबार April 25, 2024

जब आक्रमणकारीले बृद्धको कान टाेके…

२५ वर्षीय व्यक्तिले रेल प्लेटफर्ममा ७८ वर्षीय वृद्धको कान र अनुहारको केही भाग चपाए.....

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकाको ओरेगनमा एक २५ वर्षीय व्यक्तिले रेल प्लेटफर्ममा ७८ वर्षीय वृद्धलाई आक्रमण गरेका छन् । फक्सन्युजको रिपोर्टका अनुसार उक्त व्यक्तिले वृद्धको कान र अनुहारको केही भाग चपाएका थिए ।

अधिकारीहरूका अनुसार २५ वर्षीय व्यक्ति कोरीन क्रेमरको रूपमा पहिचान गरिएको थियो र उनले क्लिभल्याण्ड एभिन्यु स्टपमा रहेको म्याक्स प्लेटफर्ममा बिहान २ बजेपछि पीडितलाई आक्रमण गरेको थिए ।

साक्षीहरूले जमिनमा रगतको आहाल देखेपछि आक्रमणको केही समयपछि सम्भावित छुरा प्रहारको बारेमा प्रहरीलाई फोन गरेका न्युयोर्क पोस्टले रिपोर्ट गरेको छ ।
अधिकारीहरू घटनास्थलमा पुग्दा उनीहरूले संदिग्धले पीडितको माथि आक्रमण गरिरहेका थिए । प्रहरीले तुरुन्तै संदिग्धलाई हिरासतमा लिए र पीडितलाई सहयोग गर्न प्यारामेडिकहरूलाई बोलाएका थिए ।

अधिकारीहरूले चाँडै थाहा पाए कि संदिग्ध व्यक्तिले चक्कुको सट्टा पीडितलाई आक्रमण गर्न आफ्नो दाँत प्रयोग गरेको थियो ।  प्रहरीले भनेको छ, ‘आक्रमणकारीले पीडितको कान र अनुहारको भाग चपाएको थियो । चोट यति गहिरो थियो कि पीडितको खोपडी देख्न सकिन्थ्यो । ’एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया