श्रावण २, २०८२ शुक्रबार July 18, 2025

पोखरामा ८ माघदेखि अन्तर्राष्ट्रिय भलिवल प्रतियोगिता

माघ १४ गतेसम्म चल्ने प्रतियोगितामा २ विदेशी टिमसहित १० टिमको सहभागिता रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पोखरामा माघ ८ गतेदेखि तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लव महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । टाइगर ग्रुप अफ पोखराले प्रतियोगिताको तयारी सुरु भइसकेको जनाएको छ ।

माघ १४ गतेसम्म चल्ने उक्त प्रतियोगितामा २ विदेशी टिमसहित १० टिमको सहभागिता रहने आयोजकले जनाएको छ । अध्यक्ष नारायण प्रसाद शर्माका अनुसार प्रतियोगितामा महिला र पुरुषतर्फ ५–५ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

पुरुषतर्फ साविक विजेता त्रिभुवन आर्मी क्लबसहित नेपाल पुलिस क्लब, शसस्त्र प्रहरी वलको (एपिएफ) क्लव, गण्डकी प्रदेश र एसटी जोशेफ वाज स्पोर्टस् क्लब श्रीलंका सहभागी हुने छन् ।

महिलातर्फ विदेशी टिम केरला स्टेट इलेक्ट्रोनिक बोर्ड भारतसहित त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस क्लव, शसस्त्र प्रहरी वलक (एपिएफ) क्लव र न्यू डायमण्ड स्पोर्टस क्लब सहभागी हुनेछन् ।

प्रतियोगितामा दुवैतर्फ विजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछ । अघिललो वर्ष विजेताले २ लाख ५० हजार मात्रै पुरस्कार पाएका थिए । दोश्रो हुनेले २ लाख ५० हजार पाउँदा तेश्रो हुने टिमले १ लाख २५ हजार र सान्त्वना हुने टिमले ६५ हजारसहित ट्रफी र प्रमाणपत्र पाउनेछ ।

महिला तथा पुरुषतर्फ दुवैतर्फ उत्कृष्ट १–१ खेलाडीले जनही २५–२५ हजार पाउने अध्यक्ष शर्माले जानकारी दिए । उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई १०–१० हजार र ट्रफीसहित प्रदान गरिनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार