असोज १७, २०८३ शनिबार October 3, 2026

सन सिटी अपार्टमेन्टमा कोरोना भाइरसको र्‍यापिड किट टेस्ट सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । काठमाडौँको काँडाघारी पेप्सिकोला स्थित सनसिटी अपार्टमेन्टमा बस्नेहरुको परीक्षण सुरु भएको छ ।

अपार्टमेन्टको ब्लक ए मा रहेकाहरुको बुधबार बिहानदेखि र्‍यापिड किट टेस्ट सुरु भएको हो । र्‍यापिड किट टेस्टमा कसैलाई कोरोना भाइरसको संक्रमण देखिएमा उनीहरुको नमूना संकलन हुनेछ।

अपार्टमेन्टको १५ औँ तलामा बस्ने एक परिवारका तीनजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनीहरुका परिवारका सदस्य तथा सो ए ब्लकका बासिन्दाको परीक्षण सुरु भएको हो ।

पाँचवटा ब्लक छन् । यी सबै ब्लकमा गरेर करिब पाँच सय परिवारका झण्डै दुई हजार मानिसको बसोबास छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया