श्रावण १२, २०८३ मंगलबार July 28, 2026

चर्केका माटाका भाँडा फुटाएर भक्तपुरमा मनाइयो छ्याला पुन्ही

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः एक वर्षदेखि घरमा चर्केर रहेका माटोका भाँडाकुँडा चोक–चोकमा लगेर फुटाएर आज भक्तपुरमा छ्याला पुन्ही अर्थात् मिला पुन्ही मनाइएको छ ।

चर्केको माटोका भाँडा अशुभ हुने विश्वासका साथ घरघरमा रहेका माटाका चर्केका भाँडाकुँडा नजिकको चोकहरूमा लगेर फुटाई आज यहाँ छ्याला पुन्ही मनाइएको हो ।

परम्पराअनुसार भक्तपुरभरिका नेवार समुदायले अरू दिनमा घरमा रहेका पुराना माटाका भाँडाकुँडा चर्के फुटे पनि बाहिर फाल्न नलगी आजकै दिनमा मात्रै घरभित्र चर्के फुटेका माटाका भाँडाकुँडा आ–आफ्नो नजिकको चौबाटो, दोबाटोमा फाल्न लाने परम्परा रहेको छ ।

माटाका भाँंडा फुटाएर मनाइयो पूर्णिमा | Nagarik News - Nepal Republic Media

भक्तपुरका संस्कृतिकर्मी अमृत श्रेष्ठ नेवार समुदायमा माटाका भाँडा वर्षमा एक पटक फाल्न लाने र एकपटक भित्र्याउने परम्परा रहेको उल्लेख गर्दै आज छ्याला पुन्हीको दिन फाल्ने र दशैँमा भित्र्याउने परम्परा रहेको बताउनुहुन्छ ।

घरमा काम नलाग्ने, चिरा परेका भाँडा घरमा राखिराख्दा अशुभ हुने जनविश्वास रहेकाले त्यस्ता भाँडा वर्षको एकपटक छ्याला पुन्हीकै दिन चोकमा फालिने गरेको उहाँको भनाइ छ । परम्पराअनुसार घरघरबाट बिहान सबैले चोक चोक, दोबाटो, चौबाटोमा माटोका भाँडा फाल्ने गरिन्छ ।

मिला महिना अर्थात् आगो ताप्ने महिना भएकाले मिला पुन्ही भन्ने गरिएको छ । माघ महिनामा धेरै जाडो हुने भएकाले यो महिनामा आगो बालेर ताप्ने चलन छ । अरू सबै पुन्ही, जात्रा पर्वमा भोज खाने गरिए पनि यो दिन भने कुनै भोज हुँदैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया