असोज १७, २०८३ शनिबार October 3, 2026

अहिलेसम्म देशभर १५ हजार ८ सय जनाको कोरोना परीक्षण,देशभर १३ जना रेडजोनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अहिलेसम्म देशभर कुल १५ हजार ८ सय जनाको कोरोना भाइरस परीक्षण भएको जनाएको छ।

यसमा पिसिआर विधिबाट ६ हजार ८ सय ७१ र र्‍यापिड टेस्टबाट ८ हजार ९ सय २९ जनाको परीक्षण भएको हो।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बुधबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसबारे जानकारी दिएका हुन्।

यस्तै गत चौबीस घन्टामा कुल २ हजार ८ सय ९४ जनाको परीक्षण भएको छ।

डा. देवकोटाले अहिलेसम्म देशभर ५ हजार ५ सय १४ जना क्वारेन्टाइनमा रहेको जानकारी दिएका छन। यस्तै आइसोलेसनमा भने ११७ जना छन्, जसमध्ये उपत्यकामा ११ जना र उपत्यकाबाहिर १०६ जना छन्। देशभर रेडजोनमा भने १३ जना रहेको उनले जानकारी दिएका छन। डा.देवकोटाका अनुसार देशका अधिकांश जिल्लामा र्‍यापिड टेस्ट सुरु भइसकेको छ भने १४ वटा जिल्लामा अझै सुरु हुन बाँकी छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया