भाद्र ३, २०८३ बुधबार August 19, 2026

बागमती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जम्कट्टेल नियुक्त

माओवादी संसदिय दलका नेता जम्कट्टेल बने बागमती प्रदेशको मुख्यमन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः बागममती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेल नियुक्त भएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६८ उपधारा (२) बमोजिम उनलाई मुख्य मन्त्रीमा नियुक्त गरेका हुन् ।

कुनै पनि दलकाे स्पष्ट बहुमत नपुगेपछि उनले विभिन्न दलकाे सहयाेगमा बहुमत सांसदकाे हस्ताक्षरसहित प्रदेश प्रमुखकाे कार्यालयमा मुख्यमन्त्रीकाे दाबी गरेका थिए ।

११० सदस्यीय रहेको बागमती प्रदेशमा सरकार गठन गर्न सामान्य बहुमतका लागि कम्तीमा ५६ जना सांसद आवश्यक हुन्छ । एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३ सांसद रहेका छन् । सरकार गठनका लागि यो संख्या बहुमत हो ।

सत्ता साझेदार दलबीच आइतबार भएको सहमतिअनुसार ७ प्रदेशमध्ये एमालेले प्रदेश १, गण्डकी र लुम्बिनी पुरै कार्यकाल र माओवादीले कर्णाली, आलोपालोअन्तर्गत बागमतीमा (पहिला माओवादी) सुदूरपश्चिममा (दोस्रो कार्यकाल) सरकारको नेतृत्व गर्ने भएका छन् ।

एमालेले नेतृत्व गरेका प्रदेशमा माओवादीबाट सभामुख र माओवादीले सरकारको नेतृत्व गरेका प्रदेशमा एमालेका सभामुख हुने भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा सांसदले छठ पछाडी पिटाई खाने अमरेश सिंहको दाबी
२०८३ भाद्र ३, बुधबार
कर्णालीमा सत्ता गठबन्धन दलबीच मन्त्रालय बाँडफाँटसहित ६ बुँदे सहमति (पूर्णपाठ)
२०८३ भाद्र ३, बुधबार
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
२०८३ भाद्र ३, बुधबार
प्रेस काउन्सिलका चार सदस्यको शपथ
२०८३ भाद्र ३, बुधबार
अदालतको आदेश पछि इमरान खानलाई अदालत सारिदैँ, नौ महिना पछि भेटिन बहिनीले
२०८३ भाद्र ३, बुधबार
स्पेनिश कप्तान रोड्री ४ बर्षका लागि ६५ मिलियनमा बार्सिलोनामा अनुबन्ध
२०८३ भाद्र ३, बुधबार
कार्तिकले खोले होम प्रोडक्सन, कबिर खानसँग काश्मिरी युवतीको संघर्ष देखाउने
२०८३ भाद्र ३, बुधबार