असोज १७, २०८३ शनिबार October 3, 2026

हेटौडामा र्यापिड टेष्टबाट पाजेटिभ देखिएका चारै जनाको पिसिआर रिपोर्ट नेगेटिभ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । विहिबार हेटौडामा र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोरोना भाइरसको एन्टिबडी परीक्षण गर्दा पाजेटिभ देखिएको भनिएका ४ जनाको पिसिआर रिपोर्टमा शुक्रबार नेगेटिभ देखिएको छ । हेटौंडा–१० स्थित कोरोना परीक्षण प्रयोगशालाबाट प्राप्त रिपोर्ट अनुसार उनीहरुको रिपोर्ट नेगेटिभ पाईएको हेटौडा उपमहानगरपालीका स्वास्थ्य सहसंयोजक तथा आईसोलेसन बिभागका ईन्चार्ज भोला चौलागाईले बताएका छन ।

बिहिबार बासुदेव सभागृहमा भएको ४० जनाको टेष्टमा मध्ये भारत विहार घर भई हेटौंडा–४ आफन्तमा आएकी ५५ बर्षीय एक महिला, भारत गएर फर्किएका हेटौंडा–२ का ६७ बर्षीय एक बृद्ध, भारत बैंग्लौरबाट फर्किएका हेटौंडा–५ का २४ बर्षिय एक युवक र साउदी अरबबाट फर्किएका हेटौंडा–४ का ३२ बर्षीय एक युवकको र्यापिड टेष्टमा पोजेटिभ देखाएको थियो र उनीहरुहरुलाई आईसोलेसनमा राखिएको थियो ।

र्यापिड टेष्टमा पोजेटिभ पाईएकाहरुका परिवार, नियमित सम्पर्क हुनेहरुको पनि स्वाब संकलन गरिएको थियो । पिसिआर रिपोर्टमा चारै जनाको रिपोर्ट नेगेटिभ आएपछि उनिहरुलाई आजै घर फर्काउने तयारीका लागी छलफल भैरहेको बिभागका ईन्चार्ज चौलागाईले बताएका छन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया