श्रावण ३१, २०८३ आइतबार August 16, 2026

सार्वजनिक स्थानमा इन्टरनेट निःशुल्क दिने सरकारको घोषणा

सरकारले आम सर्वसाधारणका लागि सार्वजनिक सेवाप्रवाह हुने स्थानमा निःशुल्क इन्टरनेटको व्यवस्था गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट दिने घोषणा गरेको छ । सोमबार सार्वजनिक गरिएको नेपाल सरकारको नीतिगत प्राथमिकता र न्यूनतम् कार्यक्रम मार्फत यस्तो घोषणा गरिएको हो ।

जसअनुसार विद्यालय, अस्पताल, सरकारी कार्यालय, वित्तीय संस्था, शपिङ कम्प्लेक्स लगायतका सार्वजनिक सेवा प्रवाह हुने सार्वजनिक स्थलमा ब्रोडब्यान्ड इन्टरनेट सेवा निःशुल्क गरिनेछ । यस अघि नियामक नेपाल दूरसञ्चार प्राधिकरणले ब्रोडब्यान्ड इन्टरनेट विस्तार परियोजना अन्तर्गत दुई वर्षसम्म स्थानीय तह, वडा कार्यालय, सामुदायिक विद्यालय र स्वास्थ्य चौकीलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउँदै आएको थियो ।

त्यस्तो सहुलियत सम्बन्धित सरकारी कार्यालयहरूलाई मात्रै उपलब्ध हुने गरेकोमा अब भने सरकारले आम सर्वसाधारणका लागि सार्वजनिक सेवाप्रवाह हुने स्थानमा निःशुल्क इन्टरनेटको व्यवस्था गर्न लागेको हो ।

यसैगरी सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज र प्रभावकारी बनाउन सूचना प्रविधिको प्रयोगमा तीव्रता ल्याउने र गैरकानूनी काम कारबाही र भ्रष्टाचार अन्त्य गर्न प्रविधिको अधिकतम सदुपयोग गरिने विषय समेत सरकारले आफ्नो न्यूनतम् कार्यक्रममा समेटेको छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भारी वर्षाले पूर्वी जापानमा जनजीवन प्रभावित, नौ जनाको मृत्यु
२०८३ श्रावण ३१, आइतबार
सुनचाँदीको मूल्य बढ्यो
२०८३ श्रावण ३१, आइतबार
महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान
२०८३ श्रावण ३१, आइतबार
तालिबान सत्तामा फर्किएको पाँचौँ वर्ष, अफगानिस्तानमा ‘विजय दिवस’को रौनक
२०८३ श्रावण ३१, आइतबार
जाजरकोटमा पहिरोबाट मृत्यु हुनेको संख्या ३ पुग्यो, २ जना अझै बेपत्ता
२०८३ श्रावण ३१, आइतबार
रानाथारू समुदायमा अनौठो तिजः दाजुभाइको दीर्घायुका लागि निराहार व्रत
२०८३ श्रावण ३१, आइतबार
कोशीमा विद्यालय शिक्षक–कर्मचारीका पेशागत समस्या र नीतिगत समाधानबारे नीति संवाद
२०८३ श्रावण ३१, आइतबार