भाद्र ३, २०८३ बुधबार August 19, 2026

लुम्बिनीमा सभामुख र उपसभामुखको निर्वाचन ३ माघमा

सभामुख र उपसभामुखका लागि उम्मेदवारी दर्ताका लागि समय माघ २ गते दिउँसो १ बजेदेखि बेलुका ५ बजेसम्म तोकियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः लुम्बिनी प्रदेशको सभामुख र उपसभामुखको निर्वाचन माघ ३ गते हुने भएको छ ।

माघ ३ गते दिउँसो एक बजे बस्ने प्रदेशसभाको पहिलो अधिवेशनको तेस्रो बैठकमा सभामुख र उपसभामुख निर्वाचन हुने प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।

जारी सुचना अनुसार माघ २ गते दिउँसो १ बजेदेखि बेलुका ५ बजेसम्म प्रदेशसभाको भावी सभामुख र उपसभामुख पदका लागि उम्मेदवारी दर्ताका लागि समय तोकिएको छ ।

सोही दिन बेलुका साढे ५ बजे उम्मेदवारहरूको सूची प्रकाशन गरिने र माघ ३ गते दिउँसो १ बजे सभामुख र उपसभामुखको निर्वाचन हुने लुम्बिनी प्रदेश सभा सचिवालयले जारी गरेका सूचनामा उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया