श्रावण ३१, २०८३ आइतबार August 16, 2026

टेलिकमको फाइभजी परीक्षण माघ २२ देखी

नेपाल टेलिकमले आउँदो माघ २२ देखि फाइभजी परीक्षण थाल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल टेलिकमले आउँदो माघ २२ देखि फाइभजी परीक्षण थाल्ने भएको छ । यसअघि पुस १७ गते परीक्षण गर्ने तयारी भएपनि आवश्यक आन्तरिक परीक्षण पूरा नभएकाले टेलिकमले एक महिनापछि परीक्षण गर्न लागेकाे हाे ।

कम्पनीका प्रवक्ता शोभन अधिकारीले टेलिकमको १९औं वार्षिकोत्सवका अवसरमा सर्वसाधारणका लागि फाइभजी परीक्षणको सुरुवात गर्न लागिएको जानकारी दिए । भिभो, ह्वावे, साओमी, सामसङ लगायत ब्रान्डका स्मार्टफोनमा फाइभजी परीक्षण हुने बताइएको छ ।

बजारमा उपलब्ध फाइभजी मोबाइल सेटहरू पहिचान गरी ती सेटमा टेस्ट गरेपछि मात्रै ट्रायल सुरु गर्न लागिएकाे प्रवक्ता अधिकारीले सुनाए । कम्पनीले फाइभजी सेवाका लागि आवश्यक सिस्टम स्थापना र त्यसको परीक्षण भने यसअघि नै सम्पन्न गरिसकेको छ ।

परीक्षण सेवा अवधिभर टेलिकमका ग्राहकले निःशुल्क फाइभजी अनुभव लिन पाउनेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने
२०८३ श्रावण ३१, आइतबार
भारी वर्षाले पूर्वी जापानमा जनजीवन प्रभावित, नौ जनाको मृत्यु
२०८३ श्रावण ३१, आइतबार
सुनचाँदीको मूल्य बढ्यो
२०८३ श्रावण ३१, आइतबार
महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान
२०८३ श्रावण ३१, आइतबार
तालिबान सत्तामा फर्किएको पाँचौँ वर्ष, अफगानिस्तानमा ‘विजय दिवस’को रौनक
२०८३ श्रावण ३१, आइतबार
जाजरकोटमा पहिरोबाट मृत्यु हुनेको संख्या ३ पुग्यो, २ जना अझै बेपत्ता
२०८३ श्रावण ३१, आइतबार
रानाथारू समुदायमा अनौठो तिजः दाजुभाइको दीर्घायुका लागि निराहार व्रत
२०८३ श्रावण ३१, आइतबार