श्रावण ३१, २०८३ आइतबार August 16, 2026

अनलिमिटेड डेटा र भ्वाइस प्याकसहित टेलिकमले ल्यायो विन्टर अफर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंःसरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले विन्टर अफर ल्याएको छ । यसअन्तर्गत माेबाइल र एफटीटीएच सेवातर्फ विभिन्न प्याक ल्याइएकाे छ।

कम्पनीले माेबाइल प्रयाेगकर्ताका लागि सजिलो प्रिपेड कम्बो अफरलाई निरन्तरता दिएको छ । यसमा प्रिपेड मोबाइलका ग्राहकलाई रु. १९९ देखि रु. ६९९ सम्मका सुलभ दरका २८ दिनसम्म प्रयोग गर्न सकिने डेटा, भ्वाइस र एसएमएका विभिन्न प्याकहरू उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

विन्टर अफर अन्तर्गत रु. ६९९ मा २८ दिनका लागि कुल २८ जीबी डेटा (दैनिक १ जीबी), दैनिक १०० मिनेट कुराकानी गर्ने र दैनिक १०० ओटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध रहेको छ । यसैगरी रु. ४९९ मा २८ दिनका लागि कुल १९,६०० एमबी डेटा (दैनिक ७०० एमबी), दैनिक ७० मिनेटको भ्वाइस प्याक र ७० वटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध छ ।

त्यस्तै रु. ३४९ मा उपलब्ध अर्को प्याक खरिद गर्दा २८ दिनका लागि कुल १४ जीबी डाटा (दैनिक ५०० एमबी), दैनिक ५० मिनेटको कुराकानी गर्ने र ५० ओटै एसएमएस पठाउन सकिने सुविधा उपलब्ध रहेको छ ।

रु. १९९ मा २८ दिनका लागि कुल ४२०० एमबी डेटा ((दैनिक १५० एमबी), दैनिक १५ मिनेट कुराकानी गर्ने र १५ वटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध छ । यस अफर अन्तर्गत रु. १९९ देखि रु. ६९९ सम्मका कुराकानी गर्ने र सन्देश पठाउन सकिने प्याकहरु सबै नेटवर्कका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

स्टे कनेक्टेड अफर अन्तर्गत यसअघि उपलब्ध प्याकलाई ग्राहकको चाहना बमोजिम थप सुलभ दरमा ल्याइएको कम्पनीले उल्लेख गरेकाे छ । रु. १३० मा पाँच दिनका लागि २ जीबी सबै नेटवर्कमा र ४ जीबी फोरजी नेटवर्कमा प्रयोग गर्न सक्नेगरी ६ जीबी डेटा सुविधा र १५० मिनेट सबै नेटवर्कमा कुरा गर्न सकिने प्याक उपलब्ध गरिएको छ ।

रु. १०० र रु. २०० का स्टे कनेक्टेड अफरहरु निरन्तर प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । यसैगरी एफटीटीएच सेवामा वार्षिक ४० र ८० एमबीपीएस इन्टरनेट व्याण्डविथसहित आईपीटिभी र भ्वाइस सेवाको ट्रिपल प्ले प्याक थप सुलभ दरमा उपलब्ध गराइएको छ ।

अब ४० र ८० एमबीपीएस इन्टरनेट व्याण्डविथसहितको ट्रिपल प्ले प्याक नवीकरण गर्दा क्रमशः १६ हजार ६ सय ८२.६४ रुपैयाँमा र २१ हजार ५४१.५४ रुपैयाँ मात्र लाग्दछ । एफटीटीएच सेवामा उपलब्ध गराइएका यसअघिका अरु सबै प्याकलाई निरन्तरता दिइएको छ ।

पोस्टपेड कम्बो प्याक अन्तर्गत उपलब्ध भइरहेको रु. ३७३ मा ३० दिनसम्म प्रयोग गर्न सकिने अन नेट ८०० मिनेटको भ्वाइस प्याक र रु. ३७३ मै ३० दिनसम्म प्रयोग गर्न सकिने ४ जीबी डेटा प्याकमा रेन्टल समावेश गरी निरन्तरता प्रदान गरिएको छ ।

सजिलो अनलिमिटेड पोस्टपेड प्याक अन्तर्गत रु. ५९९, ७९९, ९९९ र १४९९ का असीमित सुविधाहरु प्रयोग गर्न सकिने प्याकहरु निरन्तर उपलब्ध छन् । यसमा कम्पनीभित्रकै नेटवर्कमा असीमित कुराकानी गर्न सकिने र अन्य सेवा प्रदायक नेटवर्कमा २५० मिनेट कुराकानी गर्न वा दैनिक १ जीबी डेटा प्रयोग गर्न सकिने ३० दिनको रु. ५९९ को प्याक उपलब्ध छ ।

साथै, रु. ७९९ मा कम्पनीभित्रकै नेटवर्कमा असीमित र अन्य सेवा प्रदायकको नेटवर्कमा ५०० मिनेट कुराकानी गर्न सकिने, अल नेट २०० वटा सन्देश पठाउन सकिने र प्रतिदिन १ जीबी डेटा ३० दिनसम्म चलाउन सकिन्छ ।

रु. ९९९ र रु. १४९९ का ३० दिन समयावधि भएका प्याकमार्फत कम्पनीभित्र र बाहिरको नेटवर्कमा पनि असिमित कुराकानी (अल नेट अनलिमिटेड) गर्न सकिनुका साथै क्रमशः प्रतिदिन २ जीबी र ४ जीबी डाटा तथा ४०० वटा र १००० वटा अल नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ ।टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने
२०८३ श्रावण ३१, आइतबार
भारी वर्षाले पूर्वी जापानमा जनजीवन प्रभावित, नौ जनाको मृत्यु
२०८३ श्रावण ३१, आइतबार
सुनचाँदीको मूल्य बढ्यो
२०८३ श्रावण ३१, आइतबार
महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान
२०८३ श्रावण ३१, आइतबार
तालिबान सत्तामा फर्किएको पाँचौँ वर्ष, अफगानिस्तानमा ‘विजय दिवस’को रौनक
२०८३ श्रावण ३१, आइतबार
जाजरकोटमा पहिरोबाट मृत्यु हुनेको संख्या ३ पुग्यो, २ जना अझै बेपत्ता
२०८३ श्रावण ३१, आइतबार
रानाथारू समुदायमा अनौठो तिजः दाजुभाइको दीर्घायुका लागि निराहार व्रत
२०८३ श्रावण ३१, आइतबार