श्रावण ३१, २०८३ आइतबार August 16, 2026

अरुकै नाममा रहेको सिम चलाउनुहुन्छ ? आफ्नो नाममा दर्ता गर्ने तरिका यस्तो छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय परिचयपत्र, नागरिक एप, बैंकिङ सेवा तथा सामाजिक सञ्जाल लगायत विभिन्न डिजिटल गतिविधिका लागि अहिले आफ्नै नामको सिमकार्ड (मोबाइल नम्बर) प्रयोग गर्नपर्ने आवश्यकता छ । मोबाइल नम्बर प्रयोगकर्ता ग्राहक स्वयंको नाममा दर्ता भएको खण्डमा मात्र मोबाइल बैकिङ लगायत सुविधा सुरक्षितसाथ प्रयोग गर्न सकिने अवस्था सिर्जना भएको छ ।

अरुको नामको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल बैंकिङको दुरुपयोग भई अनधिकृत व्यक्तिबाट रकम गुमाउनुपर्ने सम्मको अवस्था तथा सामाजिक सञ्जालको दुरुपयोग भई अनेक कानूनी झमेलामा पर्ने सम्भावना रहन्छ ।

यसैबीच सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले ग्राहकलाई आफ्नै नाममा दर्ता मोबाइल नम्बर प्रयोग गर्न तथा सिमकार्ड हराएको/बिग्रिएको खण्डमा सिमकार्ड आफू स्वयं उपस्थित भई प्राप्त गर्न अनुरोध गरेको छ ।

‘ग्राहकको सुरक्षामा विशेष ध्यान दिँदै सहजै सेवा उपलब्ध गराउन नयाँ सिमकार्ड लिँदा वा सिमकार्ड परिवर्तन गर्दा मापदण्डहरु कार्यान्वयनमा ल्याइएको टेलिकमले जनाएकाे छ ।

”नयाँ सिमकार्ड लिन ग्राहकले आवेदन फारममा आवश्यक विवरण स्पष्ट रुपमा भरेको तथा ग्राहकको नाम, ठेगाना, परिचय पत्र जारी भएको जिल्ला र मिति तथा आधिकारिक परिचय पत्र नम्बर र सम्पर्क नम्बर स्पष्ट रुपमा लेख्नुपर्छ,” विज्ञप्तिमा भनिएको छ, ”स्वयं उपस्थित हुने ग्राहकलाई मात्र सिमकार्ड उपलब्ध गराइने छ र परिचय पत्रको प्रतिलिपिलाई सक्कल परिचय पत्रको नाम, बुवाको नाम, परिचय पत्र नम्बर र जारी भएको मिति र जिल्लाका आधारमा रुजु गरिन्छ ।”

त्यस्तै सिमकार्ड बिग्रेर, हराएर वा अन्य कारणले सिमकार्ड परिवर्तन गर्नुपर्ने अवस्थामा ग्राहक स्वयं उपस्थित भएमा सिमकार्ड परिवर्तनको फारम पूर्ण रुपमा भरेको/नभरेको जाँचपछि ग्राहकको परिचय पत्रको सक्कल र नक्कल लगायतका विभिन्न कागजात रुजु गरी सिमकार्ड उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

अरूकै नाममा रहेको सिम आफ्नो नाममा परिवर्तन गर्ने तरिका

यदि तपाईं नेपाल टेलिकमको सिम प्रयोगकर्ता हो र तपाईं अरु कसैको नाममा रहेको सिमकार्ड प्रयोग गरिरहनु भएको छ भने अब सिमकार्ड आफ्नो नाममा नामसारी गर्नुपर्ने अवस्था आएको छ । त्यसका लागि सुरूमा सिमकार्ड कसकाे नाममा छ पत्ता लगाउन आवश्यक छ ।

टेलिकमका प्रयोगकर्ताले आफ्नो मोबाइलमा *९२२# डायल गरेर सिम कसको नाममा छ भनेर थाहा पाउन सक्छन् । यदि तपाईँको नाममा सिमकार्ड दर्ता छैन, तर आफ्नो नाममा परिवर्तन गर्न चाहनुहुन्छ भने टेलिकमले निश्चित प्रक्रिया तोकेको छ ।

प्रिपेड सिमकार्ड नामसारीका लागि तपाईं सिमकाे वास्तविक ग्राहकसहित टेलिकमको कार्यालय पुग्नुपर्नेछ । सिममा दर्ता भएकाे व्यक्ति सँगै नभएमा कार्यालय उपस्थित हुन नसक्ने कारणसहित ग्राहकको मञ्जुरीनामा र सक्कल परिचय पत्रका आधारमा सिम लिन आउने व्यक्तिको सक्कल परिचयपत्र देखाई सोको प्रतिलिपि रितपूर्वक भरिएको फारमसाथ संलग्न गर्नुपर्छ ।

त्यस्तै विगत ६ महिनाभित्र उक्त सिमकार्ड बाट कल गर्नुभएको ५–७ ओटा नम्बर भेरिफाइ गर्नुपर्ने हुन्छ । कागजात रुजु कार्य सम्पन्न भएपछि सिमकार्ड परिवर्तन हुन्छ ।

सिम लिने ग्राहकभन्दा फरक ग्राहकको विवरण दर्ता रहेको अवस्थामा प्रयोगकर्ता र दर्ता रहेको ग्राहकको मोबाइल नम्बर अद्यावधिक गरी लिने र दिने व्यक्ति आ-आफ्नो नागरिकताको सक्कल वा अन्य आधिकारिक परिचय पत्रको सक्कल र तिनका प्रतिलिपिसहित स्वयं उपस्थित भई निवेदन दिन सकिने व्यवस्था रहेको छ ।

कुनै ग्राहक अशक्त भएमा निजको मञ्जुरीनामा पत्र र परिचय पत्रको सक्कल तथा प्रतिलिपि, लिन आउने व्यक्तिको सक्कल परिचय पत्रसहित उपस्थित भएमा तथा कुनै ग्राहकको मृत्यु भएमा नाता प्रमाणित गर्ने कागजात र मृत्यु प्रमाण पत्रसहित हकवाला नातेदार सक्कल कागजात तथा परिचय पत्रसहित उपस्थित भएमा सिमकार्ड उपलब्ध हुने टेलिकमले जनाएकाे छ ।

कम्पनीका अनुसार वास्तविक प्रयोगकर्ता भन्दा फरक ग्राहकको विवरण भएको अवस्थामा सिम लिने ग्राहकको कबुलियतनामा पत्र र परिचय पत्रका साथमा ग्राहक आवेदन फाराम भरेपछि थप पुस्ट्याई गरी सिमकार्ड परिवर्तन गर्न सकिन्छ ।

पोस्टपेड सिममा कसरी गर्ने नामसारी ?

पोस्टपेडको हकमा पनि सिमकार्ड लिने र सिमकार्डमा नाम भएका दुवै व्यक्ति कार्यालयमा उपस्थिति हुनुपर्नेछ । यदि सिमकार्डमा नाम भएको व्यक्ति उपस्थित हुन नसकेको खण्डमा उक्त व्यक्तिको वारिसनामा सहित कार्यालय पुग्नुपर्नेछ ।

त्यतिमात्रै नभएर साथमा लिने व्यक्तिको सक्कली नागरिकतासहित फोटोकपी र सिमकार्डमा नाम भएको व्यक्तिको नागरिकताको फोटोकपी अनिवार्य चाहिन्छ । भने, लिने व्यक्तिको एक प्रति फोटाे पनि आवश्यक पर्नेछ ।

यदि संस्थाको हकमा भएको खण्डमा दुवै संस्थाको प्यान नम्बर तथा दर्ताको कागजात आवश्यक पर्नेछ । यी कागजपत्र लिएर कार्यालय पुगी त्यहाँ तपाईंले एउटा फर्म भर्नुपर्ने हुन्छ । उक्त फर्म भरेर तपाईंले सिमकार्ड आफ्नो नाममा सार्न सक्नुहुनेछ ।टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने
२०८३ श्रावण ३१, आइतबार
भारी वर्षाले पूर्वी जापानमा जनजीवन प्रभावित, नौ जनाको मृत्यु
२०८३ श्रावण ३१, आइतबार
सुनचाँदीको मूल्य बढ्यो
२०८३ श्रावण ३१, आइतबार
महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान
२०८३ श्रावण ३१, आइतबार
तालिबान सत्तामा फर्किएको पाँचौँ वर्ष, अफगानिस्तानमा ‘विजय दिवस’को रौनक
२०८३ श्रावण ३१, आइतबार
जाजरकोटमा पहिरोबाट मृत्यु हुनेको संख्या ३ पुग्यो, २ जना अझै बेपत्ता
२०८३ श्रावण ३१, आइतबार
रानाथारू समुदायमा अनौठो तिजः दाजुभाइको दीर्घायुका लागि निराहार व्रत
२०८३ श्रावण ३१, आइतबार