श्रावण ३१, २०८३ आइतबार August 16, 2026

मोबाइल बैंकिङप्रति सेवाग्राहीको आकर्षण

बैंकमा गएर पैसा निकाल्नेभन्दा मोबाइल बैंकिङबाट नै भुक्तानी गर्नेको संख्या बढ्दो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पछिल्लो समय मोबाइल बैंकिङप्रति सेवाग्राहीको आकर्षण बढ्न थालेको छ । बैंकमा गएर पैसा निकाल्नेभन्दा मोबाइल बैंकिङबाट नै भुक्तानी गर्नेको संख्या बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले इलाममा शुक्रबार आयोजना गरेको डिजिटल बैंकिङ साक्षरता कार्यक्रममा मोबाइल बैंकिङ, वालेट, क्युआर कोड प्रयोग गर्नेको संख्या वृद्धि हुँदै गएको जानकारी दिइएको हो । सो अवसरमा नेपाल राष्ट्र बैंकका सहायक निर्देशक प्रकाश राईका अनुसार १८ लाख जनाले डिजिटल बैंकिङ प्रयोग गर्ने गरेको बताए । त्यस्तै एक करोड ५५ लाख जनाले वालेट प्रयोग गर्ने गरेका छन् । क्युआरबाट मात्र हरेक महिना २० अर्बको कारोबार हुने गरेको छ ।

इन्टरनेट वालेट सञ्चालनका लागि २७ वटा कम्पनीले अनुमति पाएका छन् । सबै हाल सञ्चालनमा नरहेको सहायक कार्यकारी निर्देशक राईले बताए । वार्षिक रुपमा इन्टरनेटबाट कारोबार गर्नेको संख्या वृद्धि हुँदै गएको प्रतिवेदनमा उल्लेख छ । पछिल्लो समय इन्टरनेटबाट नै रकम कारोबार गर्ने बढे पनि यसमा चुनौती बढेको सहभागीको भनाइ छ । यसले नियामक निकायलाई चुनौती बढेको भन्दै सजग भएर प्रविधिको प्रयोग गर्न सेवाग्राहीलाई आग्रह गरिएको छ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भगवत आचार्यले सो अवसरमा एक कार्यपत्र प्रस्तुत गरेका थिए । उनले पछिल्लो समय प्रविधिबाट कारोबार गर्ने बढे पनि झुक्याएर रकम निकाल्ने गिरोह सक्रिय रहेको बताए । विद्यतुीय माध्यमबाट कारोबार बढेपछि देशलाई फाइदा मिल्ने उनको भनाइ थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने
२०८३ श्रावण ३१, आइतबार
भारी वर्षाले पूर्वी जापानमा जनजीवन प्रभावित, नौ जनाको मृत्यु
२०८३ श्रावण ३१, आइतबार
सुनचाँदीको मूल्य बढ्यो
२०८३ श्रावण ३१, आइतबार
महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान
२०८३ श्रावण ३१, आइतबार
तालिबान सत्तामा फर्किएको पाँचौँ वर्ष, अफगानिस्तानमा ‘विजय दिवस’को रौनक
२०८३ श्रावण ३१, आइतबार
जाजरकोटमा पहिरोबाट मृत्यु हुनेको संख्या ३ पुग्यो, २ जना अझै बेपत्ता
२०८३ श्रावण ३१, आइतबार
रानाथारू समुदायमा अनौठो तिजः दाजुभाइको दीर्घायुका लागि निराहार व्रत
२०८३ श्रावण ३१, आइतबार