असार २२, २०८२ आइतबार July 6, 2025

कच्चा तेलको मूल्य दुई दशक यताकै कम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अन्तर्राष्ट्रिय बजारमा कच्च तेलको मूल्यमा गिरावट आएको छ । सोमबार अमेरिकामा तेलको मूल्य प्रति ब्यारेल १५ डलर भन्दा पनि कम भएको छ । पछिल्लो दुई दशकमा तेलको मूल्य सबैभन्दा कम भएको हो ।

कोरोना भाइरसको महामारीका कारण विश्वका अधिकांश क्षेत्रमा लकडाउन रहेकाले तेलको माग कम हुँदा मूल्यमा गिरावट आएको हो । माग कम भए पनि उत्पादन कम गर्ने निर्णयमा ढिलाइ हुँदा तेलको मूल्य कम भएको हो ।

सोमबारको सुरुवाति कारोबारमा बेन्चमार्क वेस्ट टेक्सस इन्तरमिडिएट (डब्लुटिआइ) मा १९ प्रतिशतले कमी आएको हो । कच्च तेलको मूल्य प्रति ब्यारेल १४.७३ डलर पुगेको हो । केही समयपछि तेलको मूल्य १५.७८ डलर प्रति ब्यारेल पुगेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया