वैशाख ११, २०८१ मंगलबार April 23, 2024

रियलमी १० प्रों ५ जी नेपाली बजारमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नम्बर सिरिजमा नयाँ मोडल थपेको छ। ३० हजार रूपैयाँभन्दा बढी मूल्यको सामानमा लगाइएको आयात प्रतिबन्ध फुकुवा भएपछिको पहिलो प्रिमियम मिड रेन्ज स्मार्टफोनको रुपमा रियलमी १० प्रों ५जी नेपाली बजारमा भित्रिएको छ।

यसको फ्ल्यागशिप लेभलको कर्भड डिस्प्लेलाई रियलमीले हाइपर–स्पेस डिजाइनको नाम दिएको छ। न्युरोडको ताम्राकार कम्प्लेक्समा केक काटेर रियलमी १० प्रों ५ जीको पहिलो बिक्रीबाट औपचारिक बिक्रीको सुरुआत भएको हो।

उक्त कार्यक्रममा रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने ‘रियलमी १० प्रो सिरिजको नयाँ सदस्यको रुपमा रियलमी १० प्रों फाइभजीलाई नेपालमा ल्याउन पाउँदा हामी अत्यन्तै उत्साहित छौँ। रियलमी १० प्रों फाइभजी यस सेग्मेन्टकै पहिलो स्मार्टफोन हो जसमा फ्ल्यागशिप लेभलको कर्भ्ड भिजन डिस्प्ले रहेको छ।

एउटा ब्रान्डको रुपमा हामी जहिले पनि नयाँ–नयाँ प्रविधियुक्त उत्पादनहरु उपभोक्तामाझ ल्याउन प्रयासरत हुन्छौँ। र त्यसैको फलस्वरुप डिजाइन र टेक्नोलोजिको सर्वोत्कृष्ट संगमको रुपमा रियलमी १० प्रों फाइभ जीलाई बजारमा ल्याउन पाउँदा हामीलाई गर्व लागेको छ। हामीलाई आशा छ रियलमी १० प्रों फाइभ जीले पनि अगाडिको फोनहरु जस्तै माया र विश्वास पाउनेछ।’

के छन् विशेषता ?

क्लिन, मिनिमलिस्टिक, हलुका र आकर्षक – झट्ट हेर्दा रियलमी १० प्रों ५ जी हेर्दा यस्तो देखिन्छ। यसको जेन्टल कर्भले राम्रो ग्रिप त दिन्छ नै, हेर्दा पनि हाइ एन्ड फोन जस्तो देखिन्छ। १० प्रों ५ जी रियलमीको पहिलो फोन हो जुनमा ६१ ड्ढ आइ फ्रेन्ड्ली ओएलइडी डिस्प्ले राखिएको छ। १२० हर्जको अपग्रेडेड रिफ्रेश रेट भएको रियलमी १० प्रों ५ जीको डिस्प्ले भने ६।७ इन्च वाइड रहेको छ।

रियलमी १० प्रों ५ जीमा २१६० हर्जको हाइ फ्रिक्वेन्सी पिडब्लुएम डिमिङ टेक्नोलोजीयुक्त ओएलइडी डिस्प्ले रहेको छ जुन टियुभि रेन्ल्यान्ड फ्लिकर फ्री सर्टिफिकेट प्राप्त गर्ने विश्वकै पहिलो ओएलइडी स्क्रिन हो। रियलमी १० प्रोंको स्क्रिनले ब्लु लाइट फिल्टर आउट गर्छ जसले गर्दा प्रयोगकर्ताहरुको आँखामा पर्ने नकरात्मक असर कम हुन्छ।

८०० निटको ब्राइट्नेस भएकोले गर्दा दिउँसोको उज्यालोमा पनि मजाले स्क्रिन देख्न सकिन्छ। १ बिलियन भन्दा धेरै कलरहरु सपोर्ट गर्ने एचडीआर १०ं सर्टिफाईड कलर गेमुट भएकोले यसमा एचडीआर कन्टेन्टहरु पनि मजाले हेर्न सकिन्छ। त्यस्तै, फोनको टिकाउपन अझै बढाउन यसमा विशेष तरिकाले डिजाइन गरिएको ०।६५ मिमीको डबल रिइन्फोर्स्ड सेकेन्डरी टेम्पर्ड हाइ स्ट्रेङ्थ ग्लासको प्रयोग गरिएको छ जुन ड्रप रेसिस्टान्ट र एन्टी स्क्र्याच पनि छ। यसको साइडमा भएको फिङर प्रिन्ट स्क्यानर पनि फास्ट र अक्युरेट छ।

डिजाइनको कुरा गर्दा रियलमी १० प्रों ५ जी पहिलाको मोडलहरु भन्दा धेरै फरक छ। यसको पछाडिपट्टीको प्यानलले लाइट रिफ्र्याक्सन गरेर आकर्षक थ्री डाइमेन्सनल इफेक्ट दिन्छ। ७।७८ मिमीको स्लिम प्रोफाइल भएको रियलमी १० प्रों ५ जीको वजन भने १७३ ग्राम रहेको छ।

पछाडिपट्टि राखिएका तीनवटा क्यामराहरुले रियलमी १० प्रों ५ जीलाई यी तीनवटा क्यामरामध्ये मेन सेन्सरमा ५० एमपीबाट १०८ एमपीको अपग्रेड दिइएको छ भने ८ एमपीको अल्ट्रा वाइड र २ एमपीको म्याक्रो लेन्स पहिलाको जस्तै रहेका छन्।

रियलमी १० प्रो को मेन क्यामरामा ९ इन १ फ्युजन टेक्नोलोजी राखिएको छ। त्यस्तै अघिल्ला भर्सनहरुहरुको तुलनामा यसको क्यामरामा रातिको समयमा १२३ प्रतिशत बढी लाइट पेनेट्रेसन हुन सक्छ। सेल्फीको लागि यसमा १६ एमपीको क्यामरा राखिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया