माघ १३, २०७९ शुक्रबार January 27, 2023

मध्य आकाश पिसाब प्रकरण, चालीस लाख जरिवाना

७२ वर्षीया महिलामाथि मध्य आकाशमा पिसाब फेरेको घटनालाई लिएर एयर इन्डियालाई करिब रु ४० लाख जरिवाना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारतको नागरिक उड्डयन प्राधिकरणले मदिराले मातेका एकजना यात्रीले ७२ वर्षीया महिलामाथि मध्य आकाशमा पिसाब फेरेको घटनालाई लिएर एयर इन्डियालाई करिब रु ४० लाख जरिवाना गराएको छ ।

गत नोभम्बर २६ मा न्युयोर्कबाट एयर इन्डियाको विमानमा नयाँदिल्ली आउँदा अमेरिकी ब्याङ्कर भारतीय नागरिक शङ्कर मिश्राले महिलामाथि गरेको दुव्र्यवहारविरुद्ध एयर इन्डियाले कारबाही नगरेकाले नागरिक उड्डयन प्राधिकरणले उक्त जरिवाना गरएको हो ।

नयाँदिल्ली विमानस्थलमा सामान्य यात्रुलाई झैँ अभियुक्त मिश्रालाई विनाकारबाही प्रस्थान गर्न दिइएकामा आपत्ति जनाउँदै एयर इन्डियाका उड्डयन प्रबन्धकलाई भारु तीन लाख बेग्लै जरिवाना गराइएको छ ।

त्यसैगरी उक्त विमानका एकजना चालकलाई तीन महिनासम्म उडानमा प्रतिबन्ध लगाइएको छ । मिश्राबाट भएको उक्त निन्दनीय कार्यको भारतका साथै विश्वव्यापी रुपमा चर्को आलोचना भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर
२०७९ माघ १३, शुक्रबार
माओवादीको निर्णय- राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने
२०७९ माघ १३, शुक्रबार
रवि लामिछानेविरुद्ध मुद्दाको फैसला आजै, सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा
२०७९ माघ १३, शुक्रबार
२४ घण्टामा थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टी
२०७९ माघ १३, शुक्रबार
पठानले राखेका यी १० रेकर्ड
२०७९ माघ १३, शुक्रबार
गृहमन्त्री लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ सकियो – मुद्दाको आदेश आँउदै
२०७९ माघ १३, शुक्रबार
सरकारमा बसेकाहरूप्रति चरम निराशा हुँदा आत्मदाहको घटना : नैनसिंह महर
२०७९ माघ १३, शुक्रबार