असोज ९, २०८३ शुक्रबार September 25, 2026

इंग्लिस प्रिमियर लिग : आर्सनल र सिटी विजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र आर्सनल विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र आर्सनल विजयी भएका छन्।

आइतबार राति भएको खेलमा सिटीले उल्भ्सलाई ३-० गोल अन्तरले हराएको हो। सिटीको जितमा एर्लिङ हालाण्डले ह्याट्रिक गरे। हालाण्डको यो प्रिमियर लिगमा चौंथो ह्याट्रिक हो।

जितसँगै सिटीले २० खेलमा ४५ अंक जोडेको छ। सिटी तालिकाको दोस्रो स्थानमा रहेको छ।

यस्तै गएराति नै भएको खेलमा शीर्ष स्थानको आर्सनलले रोमान्चक जित निकालेको छ। आर्सनलले म्यानचेस्टर युनाईटेडमाथि ३-२ गोलको रोमान्चक जित निकालेको हो। इमिरेट्स स्टेडियममा भएको खेलमा सुरुआती अग्रता युनाईटेडले बनाएको थियो।

खेलको १७ औं मिनेटमा मार्कस राषफोर्डले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए। तर, खेलको २४ औं मिनेटमा एड्डी एनकेटीहले गोल गर्दै आर्सनललाई १-१ गोलको बराबरीमा ल्याए।

खेलको ५३ औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई २-१ को अग्रता दिलाए। तर, खेलको ५९ औं मिनेटमा लिसान्द्रो मार्टिनेजले गोल गर्दै युनाईटेडलाई २-२ को बराबरीमा ल्याए।

त्यसपछि खेलको इन्जुरी समयमा एनकेटीहले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ३-२ को जित दिलाए। जितसँगै आर्सनलले १९ खेलमा ५० अंक जोडेको छ। आर्सनल शीर्ष स्थानमा यथावत रहेको छ। गएराति नै भएको अर्को खेलमा लिड्स र ब्रेनफोर्डले गोलरहित बराबरी खेले।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः स्वास्थ्यमन्त्री मेहता
२०८३ असोज ९, शुक्रबार
‘जलवायु न्याय’ संयुक्त राष्ट्रसङ्घको दस्तावेजमा मात्र सीमित हुन हुँदैनः प्रधानमन्त्री (पूर्णपाठ)
२०८३ असोज ९, शुक्रबार
जलवायु न्यायको कुरा वाक्यांशमा मात्र सीमित हुनुहुँदैनः प्रधानमन्त्री
२०८३ असोज ९, शुक्रबार
काठमाडौँ जोड्ने राजमार्ग बन्दः रोकिए सार्वजनिक बस
२०८३ असोज ९, शुक्रबार
एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक,डिजिटलु र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री
२०८३ असोज ९, शुक्रबार
देशभरका सबै स्थानीय तहहरूलाई उच्च सतर्कता अपनाउन मन्त्रालयको आग्रह
२०८३ असोज ९, शुक्रबार
प्रधानमन्त्री शाह र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
२०८३ असोज ९, शुक्रबार