असार २४, २०८२ मंगलबार July 8, 2025

नियमित खोप कार्यक्रम सञ्चालन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को त्रासपछि स्थगित खोप सेवा सरकारले नियमित सञ्चालन गर्ने भएको छ ।

सरकारले यही वैशाख ५ गते अत्यावश्यक तथा आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्ने निर्णय गरेसँगै स्थगित खोप कार्यक्रम पूर्ववत सञ्चालन गर्न लागिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभागले कोरोनाका कारण स्थगित नियमित खोप सेवा नियमित सञ्चालन हुने जनाएको छ ।

विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले सातै प्रदेशका प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै स्वास्थ्य कार्यालयलाई परिपत्र गर्दै नियमित खोप सेवा सञ्चालन गर्न निर्देशन दिएका छन् ।

विभागद्वारा सरोकारवाला स्वास्थ्य निकायलाई प्रेषित सर्कुलरमा अन्तरिम निर्देशिकाअनुसार नियमित खोप सञ्चालनको प्रबन्ध मिलाउन भनिएको छ ।

कोरोना प्रकोप फैलिएपछि सरकारले ‘कोभिड–१९ महामारी सम्बन्धमा कोभिड तथा अन्य स्वास्थ्य सेवा प्रवाहका लागि अन्तरिम निर्देशिका २०७६’ जारी गरेको थियो । जसमा अत्यावश्यक तथा आधारभूत सेवा सञ्चालन गर्ने उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार