असार २५, २०८२ बुधबार July 9, 2025

उदयपुरमा थप ८ जनामा कोरोना संक्रमणको आशंका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । उदयपुरमा थप ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण आशंका गरिएको छ ।

विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गर्न पठाइएको छ ।

कोसी अस्पतालका एक चिकित्सकका अनुसार उदयपुरको त्रियुगा नगरपालिका स्थित मस्जिदमा ११ जना भारतीय र दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरूको सम्पर्कमा रहेकाहरू ६८ जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।

त्यसमध्ये, ८ जनामा शंकास्पद नतिजा देखिएपछि धरानमा पुनस् परीक्षणका लागि पठाइएको हो । कोरोना संक्रमण हो या होइन भन्ने धरानमा परीक्षणपछि मात्र थाहा हुने ती चिकित्सकले बताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया