असार २४, २०८२ मंगलबार July 8, 2025

एकै दिन दुई जना संक्रमित डिस्चार्ज , नेपालमा डिस्चार्ज हुनेहरुको संख्या सात

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपालमा बुधबारसम्म कोरोना भाइरस संक्रमितहरुको संख्या ४५ पुगेको छ भने ७ जना डिस्चार्ज भएका छन्।

दुई जना संक्रमितको बुधबार डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेहरुको संख्या ७ पुगेको हो।

स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङका क्रममा प्रवक्ता डा. विकास देवकोटाले यसबारे जानकारी दिएका हुन्।

स्वास्थ्य मन्त्रालयले हालसम्म कोरोना भाइरसको ४० हजार ४ सय ३१ वटा कुल परीक्षण भएको जनाएको छ।

गत चौबीस घन्टामा ३ हजार ७ सय ३६ वटा परीक्षण भएको हो।

पिसिआरबाट ९ हजार ११ जनाको कुल परीक्षण भएको हो भने र्‍यापिड टेस्टबाट ३१ हजार ४ सय २० जनाको परीक्षण भएको हो।

यस्तै उनले अहिलेसम्म निको भएर घर फर्किनेको संख्या ७ पुगेको जानकारी दिएका छन।

दुईजना संक्रमित निको भएर बुधबार डिस्चार्ज भएका हुन्।

सेती प्रादेशिक अस्पताल कैलालीबाट ४० वर्षीय पुरुषको १९ दिनपछि बुधबार डिस्चार्ज भएको हो भने टेकु अस्पतालमा उपचारका क्रममा रहेका ३२ वर्षीय पुरुषको पनि २९ औँ दिनमा बुधबार डिस्चार्ज भएको हो।

यस्तै हाल देशभर ८ हजार ५ सय ९५ क्वारेन्टाइनमा रहेको उनको भनाइ छ।

आइसोलेसनमा भने कुल ९५ जना रहेको जसमा उपत्यकाभित्र ३ जना र उपत्यका बाहिर ९२ जना रहेको उनले जानकारी दिएका छन।

रेडजोनमा भने देशभर २ सय ६९ जना रहेको उनले बताएका छन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार