काठमाण्डौंः नेपाली बजारमा सामसङको ग्यालेक्सी एस २३ सिरिजका स्मार्टफोनको अग्रिम बुकिङ सुरु भएको छ ।
सामसङले बुधबार ग्यालेक्सी एस सिरिज अन्तर्गत ग्यालेक्सी एस २३ अल्ट्रा, ग्यालेक्सी एस २३ प्लस र ग्यालेक्सी एस २३ सार्वजनिक गरेको थियो ।
सोही फोनहरूको लागि नेपाली बजारमा पनि अग्रिम बुकिङ खुलाइएको हो । अग्रिम बुकिङका लागि यहाँ क्लिक गरेर आफ्नो नाम दर्ता गराउन सक्नुहुन्छ ।
साथै आफ्नो नजिकको सामसङ फोन स्टोरहरूमा गएर पनि नयाँ फोनको बुकिङ गराउन सकिनेछ । फोनको अग्रिम बुकिङ फेब्रुअरी २२ सम्म वा स्टक रहँदासम्म मात्र मान्य हुने कम्पनीले जनाएको छ ।
साथै मासिक रु. ६,४०० मा शुन्य प्रतिशत ब्याजमा पनि यो फोन खरिद गर्न सकिने कम्पनीले जनाएको छ । साथै कम्पनीले एक वर्षको लागि एक पटक ब्रेकेज बीमा पनि उपलब्ध गराउने जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया