वैशाख २७, २०८१ बिहिबार May 9, 2024

राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको निधन

नर्भिक अस्पतालमा उपचारका क्रममा ९५ वर्षीय जबराको निधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ। काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा ९५ वर्षीय जबराको आज बिहान निधन भएको हो।

१४ वर्षमा मेट्रिक पास गरेका उनी नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर बनेका थिए। राजा महेन्द्रले राष्ट्र बैंकको स्थापना गरेर मासिक ८ सय तलब खानेगरी गभर्नरको नियुक्ति दिँदा उनको उमेर २९ वर्ष मात्र थियो।

जबराले सन् १९६२ देखि १९८६ सम्म उनले संयुक्त राष्ट्र विकास कार्यक्रमअन्तर्गत विभिन्न देशमा आवासीय प्रतिनिधिका रूपमा काम गरेका थिए। त्यसपछि व्यवसायमा लागेका उनैले हिमालयन बैंकदेखि हिमालयन डिस्टिलरीसम्म स्थापना गरेका हुन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया