भाद्र ४, २०८३ बिहिबार August 20, 2026

राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्यालको उम्मेदवारी दर्ता

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रस्तावक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) की उर्मिला अर्यालले उम्मेदवारी मनोनयन गर्नुभएको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा उहाँले उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री समेत रहनुभएका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको प्रस्तावमा उम्मेवदारी दर्ता गर्नुभएको हो ।

उहाँको समर्थनमा देवेन्द्र दाहाल र खिमलाल देवकोटा हुनुहुन्छ । उम्मेदवारी मनोनयनपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै अर्यालले पदको जिम्मेवारी अनुसार तटस्थ हिसाबले आफू अघि बढ्ने बताउनुभयो।

“जहिले जुन पदमा बसिन्छ, तटस्थ हिसाबले नै अब हेर्दै जाऊँ । भन्नु भन्दा पनि के कति गर्न सकिन्छ । यताउता सबै विषयमा मिलाउने र संसद गरिमामय बनाउनेमा मेरो भूमिका रहन्छ”, अर्यालले भन्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउन मधेस सरकार प्रतिबद्ध’ – मुख्यमन्त्री यादव
२०८३ भाद्र ४, बिहिबार
राजकुमार ह्यारीकाे परिवार अमेरिकावाट बेलायत फर्कदै
२०८३ भाद्र ४, बिहिबार
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा
२०८३ भाद्र ४, बिहिबार
अमेरिकी ऋण ४०० खर्ब डलर नाघ्यो
२०८३ भाद्र ४, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूत मोनैखिरको भेट
२०८३ भाद्र ४, बिहिबार
प्योङयाङद्वारा छोटो दूरीका केही ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण
२०८३ भाद्र ४, बिहिबार
चुनाव जितेर संसद् छिर्दैमा ‘जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा
२०८३ भाद्र ४, बिहिबार