कार्तिक २९, २०८३ आइतबार November 15, 2026

को हुन् अभिमन्यु ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः ‘अभिमन्यु’ अर्जुन र सुभद्राका छोरा हुन्, जसलाई महाभारत युद्धको १३ औं दिनमा चक्रब्युहमा पारेर अग्रजहरुले हत्या गरेका थिए । महाभारत युद्धमा ४० वटा ‘ब्युह’को प्रयोग भएको थियो जसमध्येको एक ‘चक्रब्युह’ गुरु द्रोणाचार्यले निर्माण गरेका थिए ।

चक्रब्युह एक प्रकारको सैनिक संरचना थियो जहाँ ठिकैका सैनिकहरुलाई अगाडीको घेरामा राखिन्थ्यो भने शक्तिशालीहरु बीचतिर र पछिल्लो घेरामा हुन्थे । अभिमन्युले चक्रब्यहको कथा उनी आमाको गर्भमा हुँदा नै सुनेका थिए ।

अर्जुनले पत्नी सुभद्रालाई युद्धमा चक्रब्युहमा पसेर निस्कने कथा सुनाउँदा सुनाउँदै उनी निदाएकीले अभिमन्युलाई कसरी पस्ने र युद्ध गर्ने थाहा भएपनि कसरी निस्कने भन्ने थाहा थिएन । उनी एक्लै भएको बेला चक्रब्युहमा पारियो ।

एक्लो अभिमन्युसँग सात जना नामी सारथीहरु लडे जुन युद्धको नियम बिपरित थियो । महाभारतमा बुँदागत रुपमा युद्धका नियमहरु बनाइएका थिए । नियमानुसार सूर्य उदाउनु अघि र अस्ताउनुपछि युद्ध गर्न पाइँदैन थियो । त्यस्तै एक्लो योद्धासँग एकभन्दा बढिले लड्न नपाउने नियम पनि थियो ।

अभिमन्युलाई यसरी मार्नुको परिणाम कौरब पक्षका योद्धाहरुले पनि करिब करिब त्यसैगरी भोगे । कर्णलाई बाण चलाउन लाग्दा अर्जुन रोकिए ।

‘किन रोकिएको ?’ भन्ने श्रीकृष्णको प्रश्नमा अर्जुनले भने- ‘कर्ण अहिले रथको खुट्टानिर छन्, उनको रथको खुट्टा भाँचिएको छ । म रथमा छु । रथ बाहिर भएको योद्धासँग लड्नु युद्धको नियम बिपरित हो ।’ अर्जुनको भनाईमा श्रीकृष्णको जबाफ थियो- ‘के अभिमन्युलाई मार्ने बेलामा यिनिहरुले युद्धको नियम पालना गरेका थिए ?’

त्यसपछि अर्जुनले कर्ण र अन्य धेरैमाथि बाण चलाए…पाप र धर्मको युद्ध महाभारतमा पाण्डवहरुको जित भयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार