असार २५, २०८२ बुधबार July 9, 2025

चितवनका युवक पनि कोरोनामुक्त, डिस्चार्जको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन । कोरोना संक्रमित चितवनको राप्ती नगरपालिका- ८ का २७ वर्यीय युवक कोरोना भाइरस मुक्त भएका छन् । कोरोना परीक्षणको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गर्ने तयारी गरिएको छ ।

भरतपुर अस्पतालको क्याबिनमा राखेर उपचार गराइरहेका उनको शुक्रबार गरिएको दोस्रो पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएकाले शनिबार डिस्चार्ज गरिने अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिएका छन । ‘मेडिकल टिम बसेर निर्णय गर्छ, सम्भवत डिस्चार्ज गर्छौं, अहिलेसम्म कोरोनाको लक्षण पनि छैन, युवक स्वस्थ छन्,’ सूचना अधिकारी पौडेलले भने ।

ती युवकको बिहीबार गरिएको पहिलो परीक्षण रिपोर्ट पनि नेगेटिभ आएको थियो ।

उनकी ६३ वर्षीया आमाको भने रिपोर्ट पोजेटिभ नै आएको छ । त्यसैले उनलाई अझै अस्पतालमा नै राखिने सूचना अधिकारी पौडेलले बताएका छन ।

गत चैत ५ गते बेलायतबाट नेपाल फर्किएका आमा/छोराको र्‍यापिड टेष्टका क्रममा कोराना पोजेटिभ देखिएको थियो । भरतपुर र काठमाडौंको टेकुमा गरिएको पीसीआर परीक्षणमा समेत पोजेटिभ आएपछि उनीहरुलाई भरतपुर अस्पतालमा उपचारका लागि राखिएको थियो ।

नेपालमा हालसम्म ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ११ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । स्वास्थय लाभ भएर घर फर्किने ११ बिरामी बागलुङकी १९ वर्षीय अंशु सापकोटा हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार