वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालको आइसोलेशन कक्षमा उपचार गराइरहेका चार जना कोरोना संक्रमितको तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्जको तयारी गरिएको छ।
यद्यपि नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. मदन कुमार उपाध्यायले भने औपचारिक जानकारी आइनसकेको बताएका छन। औपचारिक जानकारी आएलगत्तै चारै जनालाई डिस्चार्ज गर्ने तयारी भएको उपाध्यायले बताएका छन।
उनीहरुको दोस्रो रिपोर्ट पनि नेगेटिभ नै आएको थियो। तेस्रो परीक्षणको लागि शुक्रबार चारै जनाको थ्रोट स्वाब संकलन गरी परीक्षणको लागि पठाइएको थियो।
‘हामीसँग भएका पाँचमध्ये चारजनाको सेकेण्ड फलोअपमा निगेटिभ आयो। अर्को फलोअपको सेम्पल हिजो पठाएका थियौँ। तेस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि हामी उहाँहरुलाई घर पठाउने तयारीमा हामी जुटेका छौँ।’
हाल नारायणी अस्पताललमा पाँच जना कोरोना संक्रमितको उपचार भइरहेको छ। त्यस मध्ये तीनजना भारतीय मुस्लिम धर्मगुरु, एक जना रौतहटका युवक र एक जना सर्लाहीका किशोर रहेका छन्।
उनीहरुलाई शनिबार साँझसम्म अथवा आइतबार बिहानसम्म डिस्चार्ज गरिने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. उपाध्यायले बताएका छन।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया