मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

राष्ट्रपतिको सवारीमा हिडेको आरोपमा वीर अस्पतालका डाक्टर कुटिए

घटनामा संलग्न प्रहरीले माफी माग्नुपर्ने चिकित्सकहरुको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः राष्ट्रपतिको सवारीको समयमा हिँडेको भन्दै प्रहरीले डाक्टरलाई लाठी हानेको छ। त्यसको विरोधमा वीर अस्पताल र ट्रमा सेन्टरका स्वास्थ्यकर्मीले सेवा बन्द गरेर आन्दोलन थालेका छन्।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसदलाई सम्बोधन गर्न गएकी थिइन्। राष्ट्रपतिको सवारीका क्रममा प्रहरीले सडक खाली लगाएको थियो।

डा. जनित सिंह वीरबाट ट्रमामा जान खोजेका थिए। तर प्रहरीले उनलाई पनि लाठीचार्ज गरेको र टाउकोमा चोट लागेको चिकित्सकहरुले बताएका छन्।

घटनाको विरोधमा चिकित्सकहरु आन्दोलित भएका छन्। घटनामा संलग्न प्रहरीले माफी माग्नुपर्ने माग राखेको ट्रमा सेन्टरका चिकित्सकले जनाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया