मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

डाक्टर सिंहमाथी आक्रमण गर्ने प्रहरीलाई कारबाही गर्न चिकित्सक संघको माग (विज्ञप्ती)

दोषिलाई कारबाही नगरे आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा जनिथलाल सिंहमाथि आक्रमण गर्ने प्रहरीलाई कारबाही गर्न चिकित्सक संघले २४ घण्टे समयसिमा दिएको छ। डाक्टर सिंहमाथि भएको आक्रमणपछि दोषिमाथि कारबाहीको माग गर्दै संघले २४ घण्टे अल्टिमेटम दिएको हो।

संघले शुक्रबार विज्ञप्ति जारी गर्दै दोषिलाई कारबाही नगरे आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी पनि दिएको छ।

 

‘आजको २४ घण्टा भित्र दोषी माथी कानूनी कारबाही नगरिएको अवस्थामा देशभरका चिकित्सक, स्वास्थ्यकर्मी एवं स्वास्थ्य संस्थाको सुरक्षाका निम्ती चिकित्सक संघले मिति २०७९ माघ २८ गते केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकको आयोजना गरी आन्दोलनका कार्यक्रमहरु घोषणा गर्न सक्ने भएको हुँदा देशभरका सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरु तयारी अवस्थामा रहन यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ,’ संघका महासचिव डा बद्री रिजालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

यस्तो छ प्रेस  विज्ञप्तीको पूर्णपाठः

dr janith nma.jpg

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया