भाद्र २८, २०८३ आइतबार September 13, 2026

दाङ : टरिगाउँ विमानस्थलको डीपीआर तयार

डीपीआरमा दिइएका विकल्प माथि तुलसीपुरमा सरोकारवालासँग छलफल गर्ने उपमहानगरको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १२ मा रहेकाे टरिगाउँ विमानस्थलको  विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ ।

डीपीआरअनुसार विभिन्न चार विकल्प दिइएको छ । अहिले रहेको धावनमार्गबाट सिधै लैजाँदा एक हजार पाँच सय मिटरमात्रै धावनमार्ग हुनसक्ने भएकाले उत्तरतर्फ तन्काएर एक हजार सात सय मिटर बनाउन सकिने, स्थानीयवासीको जग्गा लिजमा लिएर विमानस्थल विस्तार गर्न सकिनेजस्ता विकल्प रहेको तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर स्यानी चौधरीले जानकारी दिनुभयो ।

उहाँले डीपीआरमा दिइएका विकल्प माथि तुलसीपुरमा सरोकारवालासँग छलफल गर्ने तयारी रहेकोसमेत बताउनुभयो ।  छलफलपछि निष्कर्ष निकाल्ने र त्यहीअनुसार सङ्घीय सरकारसँग बजेटका लागि पहल गर्ने तयारी रहेको जनाइएको छ ।

अहिले विमानस्थलको धावनमार्ग ७ सय ५० मिटरमात्रै लम्बाइ छ । त्यसमा १९ सिटेभन्दा ठूला जहाज बस्न सक्ने अवस्था छैन । त्यसैले यसलाई विस्तारका लागि तुलसीपुर उपमहानगरपालिकाले उपमेयर चौधरीको नेतृत्वमा समिति बनाएर दबाब दिइरहेको छ ।

अहिले नेपाल एअरलाइन्सको १९ सिटे ट्विनअटरले उडान भरिरहेको छ । आउँदाे फागुन ३ गतेदेखि सीता एअरको जहाजले पनि उडान भर्ने तयारी गरेको छ । तर भाडा भने  आठ हजार रुपैयाँ कायम रहनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लोककल्याणकारी विज्ञापनको रकम कटौती नगर्न सुझाव कार्यदलद्धारा अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र
२०८३ भाद्र २८, आइतबार
सुत्केरी बिदा ६ महिना बनाउन प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता
२०८३ भाद्र २८, आइतबार
ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव
२०८३ भाद्र २८, आइतबार
मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ
२०८३ भाद्र २८, आइतबार
समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
२०८३ भाद्र २८, आइतबार
जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउन गृहकार्य भइरहेको छ: ऊर्जामन्त्री श्रेष्ठ
२०८३ भाद्र २८, आइतबार
एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि
२०८३ भाद्र २८, आइतबार