असार २८, २०८२ शनिबार July 12, 2025

संसद बैठक : शोक प्रस्ताव पारित

प्रतिनिधिसभाको अर्को बैठक आगामी फागुन ३ गते बिहान ११ बजे बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रतिनिधि सभा बैठकले पूर्वसांसद कर्मा घलेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले प्रस्तुत गर्नुभएको शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

घले नेपाली कांग्रेसबाट विसं २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँको ५९ वर्षको उमेरमा यही माघ २४ गते मङ्गलबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक आगामी फागुन ३ गते बिहान ११ बजे बस्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया