काठमाडौँ । स्वास्थ्य मन्त्रालयले आइतबार नेपालमा चार जना कोरोना संक्रमित निको भई घर फर्किएको जानकारी दिएको छ।
स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले वीरगञ्जमा उपचार गराइरहेका १९ वर्षीय एक युवक र अन्य तीनजनाको डिस्चार्ज भएको जानकारी दिएका छन। योसँगै नेपालमा संक्रमण निको भई घर फर्किनेको संख्या १६ पुगेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया