असार २५, २०८२ बुधबार July 9, 2025

आइसोलेसनमा रहेका ३६ जना संक्रमितकै अवस्था सामान्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । स्वास्थ्य मन्त्रालयले हालसम्म कोरोना भाइरसको ५३ हजार ५ सय ३४ वटा कुल परीक्षण भएको जानकारी दिएको छ।

गत चौबीस घन्टामा २ हजार १ सय ८४ वटा परीक्षण भएको हो।

पिसिआरबाट १० हजार ४ सय ७१ जनाको कुल परीक्षण भएको हो भने र्‍यापिड टेस्टबाट ४३ हजार ६३ जनाको परीक्षण भएको हो।

स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङका क्रममा प्रवक्ता डा। विकास देवकोटाले यसबारे जानकारी दिएका हुन्।

डा।देवकोटाले हालसम्म कोरोना संक्रमितको संख्या ५२ नै रहेको बताए। यसमध्ये १६ जना निको भएर घर फर्किसकेका छन्।

संक्रमितमध्ये हाल धनगढीमा एकजना, वीरगञ्जमा ३ जना, भरतपुरमा १ जना र विराटनगरमा ३१ जना गरी कुल ३६ जनाको उपचार भइरहेको छ।

साथै डा.देवकोटाका अनुसार संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

यस्तै हाल देशभर २० हजार १ सय ९५ जना क्वारेन्टाइनमा रहेको उनको भनाइ छ।

आइसोलेसनमा भने कुल १०६ जना रहेको जसमा उपत्यकाभित्र ८ जना र उपत्यका बाहिर ९८ जना रहेको उनले जानकारी दिएका छन।

उनले रेडजोनमा देशभर ३ सय ४ जना रहेको बताएका छन, जसमा गत चौबीस घन्टामा ८ जना रेड जोनमा परेका हुन्।

यस्तै प्रदेश नं १ सरकारले कोरोना भाइरस संक्रमित उपचारका लागि सुनसरीको वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सय वेडको अस्पताल सञ्चालनमा ल्याएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि पीसीआरबाट परीक्षण सुरु भएको छ। योसँगै देशभरि पीसीआर विधिबाट परीक्षण गर्ने प्रयोगशालाको संख्या १६ पुगेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार