असार २४, २०८२ मंगलबार July 8, 2025

३५ दिनदेखि धार्चुलामा रोकिएका नेपाली स्वदेश फर्किँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धनगढी । एक महिनादेखि भारत पिथौरागढस्थित धार्चुलाका क्वारेन्टाइनमा रहेका नेपाली मजदुरको उद्धार आज भइरहेको छ।

क्वारेन्टाइन अवधि सकिएपनि उद्धार हुन नसकेका नेपालीहरु ल्याउने विषयमा बुधबार दिउँसो बसेको जिल्लास्थित सरोकारवालाको बैठकले बिहीबार बिहान उद्धार गरिने निर्णय गरेको थियो ।

सीमामा रोकिएका नेपाली ल्याउने विषयमा पटक–पटक छलफल भएपनि एकसातादेखि मिति पक्कापक्की भएको थिएन । बुधबार बैतडी, दार्चुला र पिथौरागढका जिल्ला अधिकारीबीच उच्चस्तरीय सहमतिपछि उद्धार सुरु गरिएको हो। उनीहरुलाई आज बिहान देखि उद्धार शुरु गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिएका छन।

गत चैत १३ गतेदेखि भारत पिथौरागढका धार्चुलाका पाँच क्वारेन्टाइनमा एक हजार बढि नेपाली एक महिनादेखि बसिरहेका छन्। उनीहरुलाई नेपाल ल्याउनकै लागि भन्दै बैतडी र बझाङका प्रतिनिधि तीन दिन देखि दार्चुला पुगेका छन्। दार्चुलामा क्वारेन्टाइनको तयारी अवस्थामा राखिएका छन्।

उद्धारपछि उनीहरुलाई सम्बन्धित स्थानीय तहमा पठाउन यातायात व्यवसायीलाई तयारी अवस्थामा रहन खबर आएको यातायात व्यवसायीले बताएका छन् ।

धार्चुलामा रहेका नेपालीलाई दुई वटा नाकाबाट ल्याईदैछ। धार्चुलामा १० जिल्ला नागरिक बसेका छन्। बैतडी, बझांगका नागरिकलाई दत्तु नाका भएर प्रवेश गराइने छ भने दार्चुला लगायत अन्य जिल्लाकालाई खलंगा नाका भएर प्रवेश दिइने प्रजिज पौडेलले बताएका छन।

उनीहरुलाई सीमा क्षेत्रमा चेकजाँच पछि प्रवेश दिइने, उनीहरुको नाम ठेगाना सम्पर्क नम्बर राख्ने र सम्बन्धित स्थानीय तहका क्वारेन्टाइनमा राख्ने गरी पठाउने रणनीति बनाइएको छ। बैतडी र बझांगकालाई आजै पठाइने छ ।

सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिको रहोबरमा उनीहरुलाई पठाईने बताइएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले उनीहरुलाई मास्क वितरण गर्ने प्रजिज पौडेलले बताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार