मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

ह्युमन मिल्क बैंक, जहाँ दैनिक २ लिटर आमाको दूध संकलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः आमाको दुध शिशुका लागि अमृत सरह हो । तर पछिल्लो समय फर्मूला दुधको प्रयोग बढ्दै गएको छ ।

फर्मूला दुधको प्रयोग हटाउन सरकारले गत भदौदेखि काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा ‘ह्युमन मिल्क बैंक’ स्थापना गरेको छ । जहाँ अहिले दैनिक २ लिटर आमाको दुध संकलन तथा सुरक्षित तरिकाबाट भण्डारण हुने गरेको छ ।

जहाँ प्रसुति गराएका आमाहरुबाट खेर जाने दुधलाई संकलन गरी भण्डारण गरिन्छ । मानव दुध बैंकमा दुध दान गर्न इक्छुक आमाहरुको तीन प्रमुख परीक्षण समेत गर्ने गरिन्छ । जसमा एचआईभी, भेनेरल डिजिज रिसर्च ल्याबोलरेटरी (भिडिआरएल) र हेपटाइटिस बी सर्फेस एन्टिजेन (चबीएसजी) परीक्षण अनिवार्य गरिएको छ । परिक्षणपछि सुरक्षित तरिबाट आमाको दुधमा रहेको पौष्टिक तत्व नष्ट नहने गरी संकलन तथा भण्डारण गरिन्छ ।

हाल उक्त दुध बैंकमा दैनिक २ लिटर आमाको दुध संकलन हुदै आएको छ । जसको प्रयोग अस्तालमा प्रसूती गराएका तर विभिन्न कारणले आमाहरुले आफ्नो दुध शिशूलाई खुवाउन नमिल्ने अवस्थाका शिशुहरुलाई खुइदै आएको छ ।

मानव दूध बैंकमा संकलित दूधलाई रेफ्रिजिरेटरमा ४ देखि ८ डिग्री सेल्सियससम्म राखिन्छ । संकलन गरिएको दूधमा कुनै रोगका संक्रमण नरहेको परीक्षणबाट सुनिश्चित भएपछि पास्चराइजेसन गरेर एक सय मिलिलिटरको बोतलमा राखिन्छ । त्यसपछि माइनस २० डिग्री सेल्सियस तापक्रमको डिप फ्रिजरमा राखिन्छ ।

यसरी संकलीत दूध पास्चराइजेसन गराउनुअघि ३ महिना र पास्चराइजेसनपछि ३ महिना गरी ६ महिना पौष्टिक तत्व कम नहुने गरी भण्डारण गर्न सकिन्छ । आमाको दूध शिशुका लागि अमृत सरह हो । तर पछिल्लो समय स्तनपान गराउने आमाको संख्या १० प्रतिशतले घटेको तथ्याङकहरुले देखाएकोछ ।

स्तनपानको सट्टामा फर्मूला दुधको प्रयोग बढ्दै गएकाले यसलाई हटाउन मानव दूध बैंकले सहयोग पुग्ने अपेक्षा गरिएको छ । यस्ता मानव दूध बैंकलाईलाई अन्य स्थानमा समेत विस्तार गर्न आवश्यक छ । न्यूज24

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया