असार २५, २०८२ बुधबार July 9, 2025

४१ जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत चौबीस घन्टामा कोरोना भाइरसको परीक्षण १ हजार ६ सय ८२ पुगेको जानकारी दिएको छ।

पिसिआरबाट १२ हजार ११ जनाको कुल परीक्षण भएको हो भने र्‍यापिड टेस्टबाट ४६ हजार ८ सय ६० जनाको परीक्षण भएको हो।

योसँगै कोरोना भाइरसको कुल परीक्षण ५८ हजार ८ सय ७१ पुगेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित ब्रिफिङका क्रममा बिहीबार प्रवक्ता डा. विकास देवकोटाले यसबारे जानकारी दिएका हुन्।

यस्तै हाल देशभर २३ हजार ३ सय ३६ जना क्वारेन्टाइनमा रहेको उनको भनाइ छ।

आइसोलेसनमा भने कुल ८० जना रहेको जसमा उपत्यकाभित्र ३ जना र उपत्यका बाहिर ७७ जना रहेको उनले जानकारी दिएका छन।

यस्तै रेडजोनमा देशभर ३ सय १२ जना रहेका छन जसमा गत चौबीस घन्टामा २ जना रेड जोनमा परेका हुन्।

डा. देवकोटाका अनुसार हाल कोरोना भाइरस संक्रमितको संख्या भने ५७ नै छ, जसमध्ये १६ जना निको भएर घर फर्किसकेका छन्। त्यस्तै धनगढीमा १ जना,भरतपुरमा १ जना, वीरगञ्जमा ८ जना र विराटनगरमा ३१ जना गरी कुल ४१ जनाको उपचार भइरहेको छ। डा. देवकोटाका अनुसार उपचारमा रहेका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार