भाद्र ४, २०८३ बिहिबार August 20, 2026

भ्रष्टाचारविरुद्ध लड्न इमान्दारिता र प्रतिबद्धता चाहिन्छ : अध्यक्ष तिमिल्सिना

सार्वजनिक पदधारण गरेका व्यक्तिले कानुनी व्यवस्था अनुसार समयमा सम्पत्ति विवरण बुझाउनु पर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले भ्रष्टाचारविरुद्ध लड्न आफ्नो इमान्दारिता र प्रतिवद्धताबाट शुरु गर्नुपर्ने बताएका छन् । साथै उनले सार्वजनिक पदधारण गरेका व्यक्तिले कानुनी व्यवस्था अनुसार समयमा सम्पत्ति विवरण बुझाउनु पर्ने र सम्पत्ति घट्बढ भए अनिवार्य प्रभावकारी जाँच गर्नुपर्नेमा जोड दिएका छन् ।

शुक्रबार भ्रष्टाचारविरुद्ध सांसदहरुको विश्वव्यापी संगठन ग्लोबल अर्गनाइजेसन अफ पार्लियामेन्टस अग्नेस्ट करप्सन नेपाल च्याप्टर र संघीय सांसदहरुबीच ‘भ्रष्टाचारविरूद्ध अन्तर्राष्ट्रिय अभियान र राष्ट्रिय कार्यादेश सम्बन्धी’ विशेष छलफल अध्यक्ष तिमिल्सिनाले सो कुरा बताएका हुन्।

त्यसक्रममा अध्यक्ष तिमिल्सिनाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायहरुको प्रभावकारीता बढाउन सबैले सोच्नुपर्ने समय आएको भन्दै भ्रष्टाचार नियन्त्रणका लागि राष्ट्रिय सहमति बनाएर अघि बढ्न ढिलो गर्ननहुने धारणा राखे ।

कार्यक्रममा उपसभामुख इन्दिरा रानालगायत विभिन्न दलका प्रमुख सचेतक, संसदीय दलका ६५ जना नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख इन्दिरा रानाले विभिन्न क्षेत्रमा हुँदै आएका भ्रष्टाचार, अनियमितता र कमीकमजोरीको उदाहरण दिँदै भ्रष्टाचारविरुद्ध सबै मिलेर लडाई लड्नुपर्ने बताइन् ।

कार्यक्रमका अध्यक्ष तथा नेकपा एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले विश्वव्यापी रूपमा भ्रष्टाचारविरुद्ध सांसदहरु संगठित हुन थालेकाले हामीले पनि गोप्याकको मञ्चका माध्यमबाट सो अभियानमा सक्रियता बढाउनु पर्ने बताएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउन मधेस सरकार प्रतिबद्ध’ – मुख्यमन्त्री यादव
२०८३ भाद्र ४, बिहिबार
राजकुमार ह्यारीकाे परिवार अमेरिकावाट बेलायत फर्कदै
२०८३ भाद्र ४, बिहिबार
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा
२०८३ भाद्र ४, बिहिबार
अमेरिकी ऋण ४०० खर्ब डलर नाघ्यो
२०८३ भाद्र ४, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूत मोनैखिरको भेट
२०८३ भाद्र ४, बिहिबार
प्योङयाङद्वारा छोटो दूरीका केही ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण
२०८३ भाद्र ४, बिहिबार
चुनाव जितेर संसद् छिर्दैमा ‘जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा
२०८३ भाद्र ४, बिहिबार