मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

राखेप सदस्य सचिव घिसिङ अस्वस्थ्य

घिसिङ अस्वस्थ रहे पछि पुर्व निर्धारित कार्यक्रमहरु स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः राष्ट्रिय खेलकुद परिषद् (राखेपं) का सदस्य सचिव टंकलाल घिसिङ अस्वस्थ भएका छन् ।

गत बिहीबारदेखि सदस्य सचिव घिसिङ अस्वस्थ रहे पछि पुर्व निर्धारित कार्यक्रमहरु स्थगित गरिएको राखेपले जनाएको छ ।

अस्वस्थ भएपछि बिहीबारै कीर्तिपुरस्थित नेसनल आयुर्वेद रिसर्च एन्ड ट्रेनिङ सेन्टरमा भर्ना भएका सदस्य–सचिव घिसिङलाई शुक्रबार साँझ डिचार्ज गरिएको छ । उनलाई चिकित्सकले केहि दिन आराम गर्न सल्लाह दिए पछि उनी घरमा नै आराम गरिरहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया