वैशाख २६, २०८१ बुधबार May 8, 2024

नावालक बहिनीलाई यौनजन्य गतिविधि गराउने आफ्नै दिदी पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: भक्तपुर प्रहरीले आफनै नावालिक बहिनीसँंगै आफैं संलग्न भई यौनजन्य गतिविधि गरेको आरोपमा एकजना महिलालाई पक्राउ गरेको छ।

भक्तपुर प्रहरी परिसरले बहिनीसँंग यौनजन्य गतिविधि गर्नुका साथै सोको भिडियोसमेत बनाई आफनो पुरुष साथीलाई समेत जिमेलमार्फत पठाएको खुल्न आएकोले पक्राउ गरेको प्रहरीले जनाएको छ।

परिसरका सूचना अधिकारी कुमारप्रसाद मैनालीले ती महिलालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको बताए। यसअघि जेठ ६ गते इन्टरपोल्स क्राइम एगेष्ट चाइल्ड युनिटबाट बालिकालाई यौन दुरुपयोग गरेको सम्वन्धी सूचना नेपाल प्रहरीको इन्टरपोल शाखाको प्राप्त भएको थियो।

तालुक प्रहरी प्रधान कार्यालय साइवर व्युरोबाट प्रारम्भिक अनुसन्धन भई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी परिसमा पुस २० गते प्राप्त भई अनुन्धनन थाले अनुसार यस्तो भेटिएको  परिसले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया