वैशाख २३, २०८१ आइतबार May 5, 2024

चौध महिनामा छ हात्ती मार्ने तीन जना पक्राउ

चौध महिनाको अवधिमा हात्ती मारिएको घटनामा संलग्न भएको आशङ्कामा तीन जना तस्कर पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ताञ्जानियाको एक राष्ट्रिय निकुञ्जमा गएका चौध महिनामा छ ओटा हात्ती मरेका छन् । ती हात्ती मरेको नभएर मारिएको पाइएको छ र हात्ती मारेको आशंकामा तीन जनालाई पक्राउ पनि गरिएको छ ।

ताञ्जानियाको सो राष्ट्रिय निकुञ्जमा गएको चौध महिनाको अवधिमा छ ओटा हात्ती मारिएका र त्यसयमा तस्करको हात रहेको अनुसन्धानबाट खुलेको थियो ।

सो राष्ट्रिय निकुञ्जमा सन् २०२२ को जनवरीदेखि सन् २०२३ को फेब्रुअरीसम्म ती हात्ती मारिएका थिए । सो निकुञ्जका संरक्षण अधिकृतले उक्त कुराको जानकारी दिएका हुन् । उनले गएको चौध महिनाको अवधिमा हात्ती मारिएको घटनामा संलग्न भएको आशङ्कामा तीन जना तस्करलाई पक्राउ गरिएको पनि जानकारी दिए ।

उनीहरुले प्रहरीले गत फेब्रुअरी २८ मा नियन्त्रणमा लिएको र अनुसन्धान थालेको जानकारी पनि उनले दिए । उता यहाँको प्रशासनले एकै निकुञ्जमा यति धेरै हात्ती मार्नसक्ने गरी घटना हुनुको पछाडिको अनुसन्धानका लागि पनि टोली गठन गरेको जनाएको छ ।

निकुञ्जाका हात्ती तथा अन्य जनावरको सुरक्षा र संरक्षणका लागि यहाँको वन तथा वन्यजन्तु सम्बन्धी प्रशासनले आवश्यक नीति निर्माणका लागि सबैको ध्यानाकर्षण पनि गराएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया