वैशाख २०, २०८१ बिहिबार May 2, 2024

भरतपुर अस्पतालमा फागुन २६ गतेदेखि सिटी स्क्यान सेवा बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः चितवनस्थित भरतपुर अस्पतालमा फागुन २६ गतेदेखि ११ दिनसम्म सिटि स्क्यान सेवा बन्द रहने भएको छ।

अस्पतालले एक सूचना जारी गरी फागुन २६ गतेदेखि चैत ६ गतेसम्म सिटी स्क्यान सेवा बन्द रहने जनाएको हो। सिटी स्क्यान मेसिन पुरानो भवनबाट नयाँ भवनमा सार्नुपर्ने भएकाले सेवा बन्द गर्न लागिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्ण पौडेलले बताए।

उनले भने, ‘अहिले यो मेसिन पुरानो भवनमा छ। नयाँ भवनमा सार्दा हप्ता दश नै लाग्ने रहेछ। त्यसैले पहिले नै सूचना निकालिएको हो।’

भरतपुरमा अस्पतालमा सिटी स्क्यान सेवा २०७४ सालदेखि सुरु भएको हो। हाल दैनिक २० जना बिरामीले सिटी स्क्यानको सेवा लिने गरेका छन्। निजी अस्पतालमा कम्तीमा ६ हजार शुल्क लाग्ने सिटी स्क्यान भरतपुर अस्पतालमा ४ हजारमा गर्ने गरिएको डा पौडेलले बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आगलागीले बस्ती जलेपछि गाउँ नै बिचल्लीमा
२०८१ वैशाख २१, शुक्रबार
प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
२०८१ वैशाख २०, बिहिबार
तराईमा लु का कारण बिरामी हुनेको सङ्ख्या बढ्यो, सचेत हुन स्वास्थ्यकर्मीहरूको आग्रह
२०८१ वैशाख २०, बिहिबार
एकैपटक ४८ जना उपसचिवको सरुवा, को कहाँ पुगे ?
२०८१ वैशाख २०, बिहिबार
सुदूरपश्चिममा मुख्यमन्त्रीको विश्वासको मत सम्बन्धी प्रतिवाद गर्ने कांग्रेसको निर्णय
२०८१ वैशाख २०, बिहिबार
धनगढीबाट लागूऔषधसहित ६ जना पक्राउ
२०८१ वैशाख २०, बिहिबार
प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा केन्द्रित हुन नवनियुक्त उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन
२०८१ वैशाख २०, बिहिबार