असार २३, २०८२ सोमबार July 7, 2025

प्रधानमन्त्रीलाई मुद्दा लगाउनै पाइँदैन भनेको होइनः बाबुराम भट्टराई

युद्धकालीन मुद्दा शान्ति सम्झौता अनुसार सत्य निरूपण तथा मेलमिलाप आयोगले हेर्नुपर्ने स्पष्टीकरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले युद्धकालीन मुद्दा नियमित अदालतले नभई सत्य निरूपण तथा मेलमिलाप आयोगले हेर्नुपर्ने बताएका छन्।

सोमबार बिहान सामाजिक सञ्जालमा उनले प्रधानमन्त्री भएका वेला आफू मुद्दाका कारण अदालतमा हाजिर भएको उल्लेख गर्दै बहालवाला प्रधानमन्त्रीलाई मुद्दा नै लगाउन हुँदैन भन्ने नरहेको बताएका हुन्। तर‚ युद्धकालीन मुद्दा शान्ति सम्झौता अनुसार सत्य निरूपण तथा मेलमिलाप आयोगले हेर्नुपर्ने उनले स्पष्टीकरण दिएका छन्।

“बहालवाला प्रमलाई मुद्दा लगाउनै पाइन्न भनेको हैन! मज्जाले पाइन्छ! म आफैं प्रम छँदा थुप्रै मुद्दा खेपेको छु, अदालतमा हाजिर भएको छु‚” भट्टराईले लेखेका छन्‚ “तर शान्ति सम्झौता अनुसार जनयुद्धकालीन मुद्दा टीआरसी (सत्य निरूपण तथा मेलमिलाप आयोग)ले हेर्ने हो, नियमित अदालतले हैन!”

नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका भट्टराईले  प्रधानमन्त्री पुष्पकमल दाहालको हकमा पनि सोही प्रक्रिया लागू हुने बताएका छन्। उनले लेखेका छन्‚ “प्रम प्रचण्डको हकमा पनि त्यही हो! आवेग हैन विवेकले काम गरौं!”

भट्टराईले आइतबार एक कार्यक्रममा बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाएर जिस्क्याउन खोजिएको बताएका थिए। आफ्ना त्यही अभिव्यक्तिलाई प्रस्ट्याउन उनले सामाजिक सञ्जालमा लेखेका हुन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार