कार्तिक २९, २०८३ आइतबार November 15, 2026

फागुपूर्णिमा पर्वमा लक्ष्मीनारायणको रथयात्रा

रथयात्राको परिक्रमा गराएमा लोक तथा समुदायको हित हुने, रोग ब्याधा तथा दुःखकष्ट हटेर जाने जनविश्वास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः फागुपूर्णिमा तथा होली पर्वका अवसरमा आज नुवाकोटको विदुरमा लक्ष्मीनारायणको रथयात्रा निकालिएको छ ।

परापूर्वकालदेखि नै फागुपूर्णिमाका अवसरमा निकालिने गरिएको लक्ष्मीनारायणको रथ यात्रालाई यो वर्ष पनि निरन्तरता दिइएको हो । रथ यात्रा हरेक वर्ष महिला दिदीबहिनीको अगुवाइमा निकालिने र त्यसमा पुरुषको सहयोग हुने गर्दछ ।

विदुरस्थित लोकतान्त्रिक चौतारोमा अवस्थित लक्ष्मीनारायण मन्दिरबाट निकालिएको रथयात्रा विदुरस्थित विभिन्न टोल, चोक, बस्ती र समुदायको परिक्रमा गराएर पुनः सोही मन्दिरमा नै रहेर विसर्जन गर्ने गरिएको रथयात्रामा सहभागी स्थानीयवासी सुशील रिजालले बताउनुभयो । उहाँका अनुसार रथयात्राको परिक्रमा गराएमा लोक तथा समुदायको हित हुने, रोग ब्याधा तथा दुःखकष्ट हटेर जाने जनविश्वास रहेको छ ।

रथयात्राले सकारात्मक सोचाइको विकास गराउँछ भने सबै जाति, वर्ग, समुदाय तथा धर्मावलम्बीको सहभागिताले पारस्पारिक सद्भाव, धार्मिक सहिष्णुतासमेत कायम गर्न सहयोग पुग्दै आएको रथयात्रामा सहभागी शिक्षक नवराज पाण्डेले बताउनुभयो  । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार